default_image

2 years ago

December 19, 2023

आइपिएल अक्सन २०२४ : सर्वाधिक धनको वर्षा भएका ६ खेलाडी बारे जानकारी

2873 views

0 Bookmark

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२४ को अक्सनमा अष्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्कले कीर्तिमानी मूल्य पाएका छन् । स्टार्कलाई आइपिएल इतिहासकै सर्वाधिक महँगो २४ करोड ७५ लाख भारुमा कोलकाता नाइट राइडर्सले किन्यो । स्टार्कले एक घण्टा अघि आफ्ना कप्तान प्याट कमिन्सले पाएको कीर्तिमानी मूल्य तोडेका थिए ।

अक्सनमा धनको वर्षा भएका सबै खेलाडी तीव्र गतिका बलिङ अलराउन्डर छन् । अघिल्लो महिना सम्पन्न एकदिवसीय विश्वकप प्रदर्शन निकै महत्वपूर्ण रह्यो । अष्ट्रेलिया खेलाडीमाथि धनको वर्षा हुँदा दुई खेलाडीले मात्रै ७२ करोड नेपाली रुपैयाँ पाए । २०२४ को अक्सनमा १० करोडमाथि मूल्य पाउने ६ खेलाडी यस प्रकार छन् ।

६.स्पेन्सर जोनसन – १० करोड भारु

अष्ट्रेलिया बायाँ हाते तीव्र गतिका बलर स्पेन्सर जोनसनलाई गुजरात टाइटन्सले १० करोड भारु (१६ करोड नेपाली रुपैयाँ) मा किनेको छ । दुबईमा जारी अक्सनमा न्यूनतम ५० लाख भारु राखेपनि दिल्ली र गुजरातबीच कडा प्रतिस्पर्धा हुँदा १० करोड भारुमा गुजरातमा पुगेका हुन् ।

२८ वर्षीय जोनसन तीव्र गति र स्वींगका लागि चिनिन्छन् । विदेशी लिगमा सानदार प्रदर्शन गर्दै आएका उनले गत अगष्टमा दक्षिण अफ्रिकाविरुद्ध टि२० आईमा डेब्यू गरेका थिए । उत्कृष्ट गति र स्वींग हुँदा उनले महँगो मूल्य पाएका हुन् ।

५. अल्जारी जोशेफ – ११ करोड ५० लाख भारु

रोयल च्यालेन्जर्स बेंगलोरले वेस्टइन्डिजका तीव्र गतिका बलिङ अलराउन्डर अल्जारी जोशेफलाई ११ करोड ५० लाख भारु (१८ करोड नेपाली रुपैयाँ) मा किन्यो । जोशेफले तीव्र गतिमा बलिङ गर्नुको साथै तल्लोक्रममा राम्रो ब्याटिङ गर्ने गर्दछन् । पछिल्लो समय राम्रो लयमा हुँदा महँगो मूल्य खर्चिएको हो ।

न्यूनतम मूल्य २ करोड राखेका जोशेफलाई सुरुवातमा चेन्नई र दिल्लीबीच प्रतिस्पर्धा भएको थियो । त्यसपछि लखनऊ ३ करोड २० लाखबाट मूल्य लगाउन सुरु गरेको थियो । बेंगलोरले ६ करोड ८० लाखबाट मूल्य लगाउन सुरु गरेको थियो ।

लखनऊ र बेंगलोरबीच प्रतिस्पर्धा हुँदा उनले महँगो मूल्य पाएका हुन् । २०१९ मा जोशेफले मुम्बई इन्डियन्सबाट आइपिएलमा डेब्यू गर्दै हैदराबादविरुद्ध ६ विकेट लिएका थिए ।

४. हर्षल पटेल – ११ करोड ७५ लाख भारु

भारतीय तीव्र गतिका बलर हर्षल पटेललाई पन्जाब किंग्सले ११ करोड ७५ लाख भारु(झन्डै १९ करोड नेपाली रुपैयाँ) मा किनेको छ । पटेलले रोयल च्यालेन्जर्स बेंगलोरबाट डेथ ओभरमा राम्रो प्रभाव छाडेका थिए ।

न्यूनतम मूल्य २ करोड राखेका थिए । उनलाई किन्न अक्सनमा गुजरात र पन्जाब किंग्सबीच प्रतिस्पर्धा भएको थियो । ११ करोडमा आएर गुजरातले मूल्य लगाएको थियो । गुजरातले १० करोड ५० लाख भारुमा छाडेको थियो ।

३. डर्याल मिचेल – १४ करोड भारु

न्युजिल्यान्डका स्टार अलराउन्डर डर्याल मिचेललाई पाँच पटकको च्याम्पियन चेन्नई सुपर किंग्सले १४ करोड भा (२२ करोड नेपाली रुपैयाँ) मा किनेको छ । अक्सनमा चेन्नई, दिल्ली र पन्जाबबीच प्रतिस्पर्धा भएको थियो ।

मिचेलले अक्सनमा १ करोड भारु राखेका थिए । उनलाई किन्न दिल्ली र पन्जाबबीच अक्सनमा कडा प्रतिस्पर्धा भएको थियो । दिल्लीले ११ करोड ५० लाख भारुपछि मूल्य लगाउन छाडेको थियो ।

तर १२ करोडमा आएर चेन्नईले मूल्य लगाएपछि थप रोचक बनेको थियो । अन्तिममा चेन्नईले नै किनेको थियो । चेन्नईले यसअघि न्युजिल्यान्डका अलराउन्डर रचिन रविन्द्रलाई १ करोड ८० लाख भारुमा किनेको थियो । मिचेलले पछिल्लो समय अन्तर्राष्ट्रिय क्रिकेटमा सानदार अलराउन्ड प्रदर्शन गर्दै आएका छन् ।

मध्यक्रममा आक्रामक ब्याटिङसँगै तीव्र गतिमा बलिङ गर्ने गर्दछन् । विशेषगरि अघिल्लो महिना विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेपछि अक्सनमा महँगो मूल्य पाएका हुन् । विश्वकपको सेमिफाइनल खेलमा भारतविरुद्ध १ सय १९ बलमा ९ चौका र ७ छक्कासहित १ सय ३४ रनको सानदार शतकीय इनिङ खेलेका थिए ।

त्यस्तै लिग चरणमा भारतविरुद्ध उनले १ सय २७ बलमा ९ चौका र ५ छक्कासहित १ सय ३० रनको शतकीय इनिङ खेलेका थिए । विश्वकप २०२३ मा उनले १० खेलमा २ शतकसहित कुल ५ सय ५२ रन बनाएका थिए । २०२१ को टि२० विश्वकपको सेमिफाइनलमा इंग्ल्यान्डलाई हराउन उनले ७२ रनको अविजित इनिङ खेलेका थिए ।

२. प्याट कमिन्स – २० करोड ५० लाख भारु

अष्ट्रेलियाका तीव्र गतिका बलर प्याट कमिन्सलाई सनराइर्ज हैदराबादले २० करोड ५० लाख भारु झण्डै ३३ करोड नेपाली रुपैयाँमा किनेको हो । कमिन्सले तीव्र गतिमा बलिङसँगै तल्लोक्रममा आक्रामक ब्याटिङ पनि गर्ने गर्दछन् । त्यस्तै अष्ट्रेलियालाई यस पटक विश्वकप उपाधि जिताउन सानदार कप्तानी पनि गरेका थिए ।

अष्ट्रेलियालाई विश्वकप उपाधि जिताउन फाइनलमा भारतविरुद्ध सानदार प्रदर्शन गर्दै उत्कृष्ट कप्तानीको प्रभाव छाडेपछि अक्सनमा पनि महँगो मूल्य पाएका हुन् । प्याट कमिन्सले न्यूनतम २ करोड भारु राखेका थिए । उनलाई किन्न चेन्नई र मुम्बईबीच प्रतिस्पर्धा भएको थियो । ५ करोडमा आएर बेंगलोरले पनि मूल्य लगाएको थियो । चेन्नईले ६ करोड ८० लाखमा पुगेर प्याट कमिन्सलाई छाडेको थियो ।

तर हैदराबाद त्यसपछि अक्सनमा आएको थियो । हैदराबाद र बेंगलोरबीच कडा प्रतिस्पर्धा भएको थियो । तर बेंगलोरले २० करोड २५ लाखपछि मूल्य लगाएन । हैदराबादले २० करोड ५० लाख रुपैयाँमा किनेको हो । कमिन्सलाई २०२० मा कोलकाताले १५ करोड ५० लाख भारुमा किनेको थियो । २०२२ मा भने कोलकाताले ७ करोड २५ लाख भारुमा किनेको थियो ।

१. मिचेल स्टार्क – २४ करोड ७५ लाख भारु

अष्ट्रेलियाका तीव्र गतिका बलर मिचेल स्टार्कलाई कोलकाता नाइट राइडर्सले आइपिएल इतिहासकै सर्वाधिक सर्वाधिक महँगो मूल्य २४ करोड ७५ लाख भारु झन्डै ४० करोड नेपाली रुपैयाँमा किन्यो ।

स्टार्कले अक्सनमा न्यूनतम २ करोड भारु राखेका थिए । सुरुवातमा दिल्ली र मुम्बईबीच प्रतिस्पर्धा भएको थियो । ९ करोड ६० लाखपछि दिल्लीले मूल्य लगाउन छाडेको थियो ।

त्यसपछि कोलकाताले मूल्य लगाएको थियो । त्यसपछि गुजरात पनि थएिको थियो । ९ करोड ६० लाखपछि दिल्ली र मुम्बई दुबै पछि हटेका थिए । त्यसपछि गुजरात र कोलकाताबीच अक्सनमा प्रतिस्पर्धा भएको थियो । त्यसपछि लगातार प्रतिस्पर्धा हुँदा २४ करोड कटेको थियो । २४ करोड ५० लाख सम्म गुजरातले मूल्य लगाएको थियो ।

तर त्यसपछि गुजरात पछि हटेको थियो । उनको स्वींग, गति र योर्करको सामना गर्न कुनै पनि विपक्षी ब्याटरलाई सहज हुँदैन । बिग म्याच र दबाबको खेलमा लगातार सानदार प्रदर्शन गरेको हुँदा महँगो मूल्य पाएका हुन् । स्टार्क २०१५ पछि आइपिएलमा फर्किनेछन् । २०१८ को अक्सनमा बिकेपनि खेलेका थिएनन् । पछिल्लो तीन वर्षमा उनले अक्सनमा नाम नै दर्ता गराएका थिएनन् ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.