default_image

7 months ago

December 19, 2023

बर्गरको उत्कृष्ट बलिङसँगै भारतको मध्यम योगफल

1319 views

0 Bookmark

एजेन्सी – तीव्र गतिका बलर नान्द्रे बर्गरको उत्कृष्ट बलिङसँगै भारतले दोस्रो ओडिआई खेलमा घरेलु टोली दक्षिण अप्रिकालाई २ सय १२ रनको मध्यम लक्ष्य दिएको छ । सेन्ट जर्ज पार्कमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारत ४६.२ ओभरमा २ सय ११ रनमा अल आउट भयो ।

भारतका लागि आफ्नो करिअरको दोस्रो खेल खेलेका ओपनर साइ सुदर्शनले ८३ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ६२ रन बनाए । आफ्नो ओडिआई करिअरको सुरुवाती दुबै खेलमा उनले अर्धशतक प्रहार गरेका हुन् ।

कप्तान लोकेश राहुलले ६४ बलमा ७ चौकासहित ५६ रन बनाए । अन्य कुनैपनि भारतीय ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । ओपनर ऋतुराज गायकवाड ४, तिलक बर्मा १०, सन्जु स्यामसन १२, रिंकु सिंह १७ र अक्षर पटेल ७ रनमा आउट भए ।

दक्षिण अफ्रिकाका नान्द्रे बर्गरले १० ओभरमा ३० रन खर्चेर ३ विकेट लिए । बेउरान हेन्ड्रिक्स र केशव महाराजले दुई दुई विकेट लिए । कप्तान एडेन माक्ररम र लिजाड विलियम्सको नाममा १-१ विकेट् रह्यो । तीन खेलको ओडिआई सिरिजमा भारतले १-० को अग्रता लिएको छ ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.