default_image

7 months ago

December 20, 2023

पिएमकप अघि यस्तो भन्छन् सबै ८ टोलीका कप्तानहरु

609 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगिता बिहीबार देखी काठमाडौंमा सुरु हुँदैछ । पहिलो पटक क्यानले पिएमकप महिला राउन्ड रोविनको आधारमा गर्दैछ ।

पहिलो पटक राउन्ड रोविनमा खेल्न पाएपछि सबै खेलाडी उत्साहित भएका छन् । सबै कप्तानले क्यानलाई धन्यावाद दिँदै राउन्ड रोविनमा खेल्न पाउँदा खुसी ब्यक्त गरेका छन् । पिएमकप अघि सबै ८ टोलीका कप्तानहरुको भनाइ यस प्रकार छ ।

कोशी प्रदेशकी कप्तान रुविना क्षेत्री बेलबासले युवा खेलाडीलाई राम्रो गर्ने अवसर भएको बताएकी छिन् ।

‘यो राउन्ड रोबिन हुँदा धेरै जनाले अवसर पाउने छन् । क्यानलाई खेलाडीको तर्फबाट धन्यावाद भन्न चाहन्छु । नयाँ तरिका र सोचबाट महिला क्रिकेट पनि विकास गर्ने भनेर सबै जनाले सोच्नु भएको छ । त्यसको लागि धेरै धेरै धन्यावाद । अरु खेलाडीलाई पनि राम्रो अवसर हो । पहिला एउउटा दुई वटा खेल खेलेर समेमिफाइनल खेल्नु पर्दथ्यो । अहिले ७ खेल खेल्न पाउनुनेछ । हाम्रो टिमको तयारी जिल्ला र प्रदेश छनोट देखीनै राम्रो तरिकाले खेल्ने भनेर तयारी गरेका छौं’, रुविना क्षेत्रीले भनिन् ।

मधेश प्रदेशकी कप्तान कविता गौतमले पनि क्यानलाई धन्यावाद दिइन् ।

‘पहिलो पटक राउन्ड रोविनमा हुँदा खुसी छौ । हामीले पनि पहिलो पटक यति लामो प्रतियोगिता खेल्दै छौं । यसले अव नयाँ आउने पिडि र खेलेर एक दुई खेलमा नचल्दा मनोबल कमजोर हुँदै अव खेल्दिन भन्नेहरुको लागि राम्रो अवसर हो । सबैले आफ्नो प्रदर्शन देखाउन सक्छन् । खुसी लागेको छ । क्यानलाई मेरो र खेलाडीतर्फबाट धन्यावाद छ । मधेशको टोली राम्रोछ । पहिला भन्दा राम्रो भएर आएका छौं । दुई नयाँ खेलाडी हुँदा टिममा उत्साह र आत्माविश्वास बढेको छ । यो प्रतियोगितासँगै हाम्रो टोलीले पनि नयाँ इतिहास राख्ने छ’, कविताले भनिन् ।


उता बागमती प्रदेशकी कप्तान अश्मिना कर्माचार्यले यस प्रतियोगिताको लागि एक महिना देखी तयारी गरेको बताइन् ।

‘यस प्रतियोगिताको लागि पछिल्लो एक महिना देखी राम्रो तयारी भएको छ । पहिला हाम्रो जिल्ला, प्रदेश, इलिट ट्रफी हुँदै नेपाल एपिएफ क्लबसँग सिरिज भयो । हामी फरक स्तरको प्रतियोगिता भयो । एक्सपोजर धेरै भयो । त्यो अनुभवलाई कसरी सदुपयोग गर्ने भनेर आएका छौं’, अस्मिनाले भनिन् ।

गण्डकी प्रदेशकी कप्तान कुसुम गोदारले टोलीले राम्रो अभ्यास गरेको बताएकी छिन् ।

‘पहिला कुरा क्यानलाई धन्यावाद । पहिला एउटा दुई वटा खेल खेल्न पाउँथ्यौं । अहिले ७ टोलीसँग खेल्न पाउँछौं । टिमको अभ्यास राम्रो भएकोछ । नयाँ नयाँ खेलाडी पनि टोलीमा छन्’, कुसुमले भनिन् ।

लुम्बिनी प्रदेशकी कप्तान सरस्वती जिएमले यसअघि थोरै खेल हुँदा खेलाडी खुलेर खेल्न नसक्ने समस्या रहेको बताइन् ।

‘म पहिला हृदयदेखी क्यानलाई धन्यावाद दिन चाहन्छु । पहिला थोरै खेल हुँदा सबै खेलाडी खुलेर खेल्न सक्ने थिएनन् । यस पटक राम्रो हुने आशा छ । टोलीका एक दुई जना राम्रो बहिनीहरु छन् । उनीहरुलाई राम्रो हुन्छ । हाम्रो तयारी राम्रो हुँदा आशा गरौं नतिजा राम्रो आउछ’, सरस्वतीले भनिन् ।

उता कर्णालीकी कप्तान किरण कुँवरले टिम राम्रो भएको बताइन् ।

‘सब भन्दा पहिला क्यानलाई धन्यावाद भन्न चाहन्छु । यति धेरै खेल राख्दिनु भएको छ । हाम्रो टिम राम्रो भएको छ’, किरणले भनिन् ।

सुदूरपश्चिमकी कप्तान ऋतु कनौजियाले तयारी राम्रो भएको बताइन् ।

‘राउन्ड रोबिनको खेल गराएकोमा क्यानलाई धन्यावाद । हाम्रो पनि तीन चार जना राम्रो खेलाडी छन् । तयारी गरेका छन्’, ऋतुले भनिन् ।

उपाधिको प्रमुख दाबेदार एपिएफकी कप्तान सीता रानामगरले तयारी राम्रो भएको बताइन् । ‘

हामीले तयारी राम्रो गरेका छौं । सर्वप्रथम क्यानलाई धन्यावाद भन्न चाहन्छु । पहिलो पटक यति धेरै खेल खेल्ने अवसर पाएका छौं । नयाँ खेलाडीले अवसर यस पटक धेरै पाउँछन्’, सीताले भनिन् ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.