1 year ago
December 20, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ(क्यान) ले बिहीबार देखी काठमाडौं र मुलपानीमा सुरु हुने प्रधानमन्त्री कप टि२० राष्ट्रिय प्रतियोगिताको ट्रफी सार्वजनिक गरेको छ । बुधबार काठमाडौंको बसन्तपुर दरबाबरमा एक कार्यक्रमकाबीच ट्रफी सार्वजनिक गरेको हो ।
प्रतियोगिता अघि क्यानले पिएमकप महिलामा पहिलो पटक ट्रर्फी सार्वजनिक, पत्रकार सम्मेलन र कप्तानबीच फोटो सुट गरेको हो । यसअघि क्यानले सिधैं प्रतियोगिता आयोजना गर्दै आएको थियो ।
प्रतियोगितामा ७ प्रदेश र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । पहिलो पटक पिएमकप महिला काठमाडौंमा हुन लागेको हो । त्यस्तै पहिलो पटक प्रतियोगिता राउन्ड रोविनको आधारमा हुन लागेको हो ।
यसअघि प्रतियोगिता दुई समूहमा विभाजन गर्दै शीर्ष दुई टोली सेमिफाइनलमा पुग्ने समिकरणमा आयोजना गर्ने गर्दथ्यो । तर यस पटक देखी सबै टोलीले एक अर्कासँग खेल्न पाउने छन् । शीर्ष चार टोली प्लेअफ खेल्नेछन् ।
‘महिला क्रिकेटलाई क्यानले नयाँ सोच, बिचार र ढङ्गले अघि बढ्नुपर्छ भनेर हामीले अहिले राउन्ड रोविनको आधारमा आयोजना गर्दै छौं । फेब्रुअरीमा एसियन टि२० छनोट छ । मलाई लाग्छ यस प्रतियोगितापछि टिम त्यसको तयारीमा लाग्नेछ ।
राउन्ड रोबिन हुँदा कम्तिमा खेलाडीले टोलीले ७ खेल खेल्न पाउनेछ । आगामी २०२७ विश्वकप यू१९ महिला आयोजना गर्ने हुँदा हामी । महिला क्रिकेटलाई केन्द्रबिन्दुमा राखेर अघि बढेका छौं । समग्र कप्तान र खेलाडीह?लाई बधाई तथा शुभकामना’, क्यानका सचिव पारस खड्काले कार्यक्रमा भने ।
ट्रफी सार्वजनिकमा सबै कप्तानले राउन्ड रोविनमा आयोजना गरेको हुँदा क्यानलाई धन्यावाद दिएका थिए । प्रतियोगितामा हरेक दिन चार खेल हुनेछन् । टियुमा दुई र मुलपानी मैदानमा दुई खेल हुनेछन् । लगातार दुई दिन खेलपछि एक दिन विश्राम हुनेछ । सबै खेलहरु बिहान ९ : ३० र दिउँसो १ : १५ मा सुरु हुनेछन् ।
January 12, 2025
एजेन्सी – शकिब अल हसन र लिटन दासबिना बंगलादेशले च्याम्पियन्स ट्रफीका लागि टोली घोषणा गरेको छ । बंगलादेश क्रिकेट बोर्डले आइतवार नजमल हसन शान्तोको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो । भारतमा सन् २०२३ मा भएको एकदिवसीय विश्वकपमा विकेटकिपर ब्याट्सम्यानका रुपमा टोलीमा रहेका लिटन यस पटक टोलीमा अटाएनन् । लिटनले पछिल्ला १३ इनिङमा अर्धशतक […]
January 12, 2025
एजेन्सी – भारतकी १४ वर्षीया इरा जाधवले १ सय ५७ बलमा अविजित ३ सय ४६ रन बनाएकी छिन् । भारतमा जारी महिला यू–१९ एकदिवसीय ट्रफीमा मुम्बईबाट खेलेकी जाधवले मेघालयविरुद्ध नट आउट ३ सय ४६ रन बनाएकी हुन् । मुम्बईले मेघालयविरुद्ध ३ विकेटको क्षतिमा ५ सय ६३ रन बनाएको थियाे । जाधव ४२ चौका र १६ […]
January 12, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले लिग चरणको अन्तिम खेलमा आइतवार बागमती प्रदेशलाई पराजित गर्दै जय ट्रफी मेन्स एलिट कपको फाइनलमा पुगेको छ । एलिट कपको फाइनलमा पुग्ने पुलिस दोस्रो टोली बनेको छ । यसअघि आजै मधेश प्रदेशलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लबले फाइनल पुगेको थियो । लिग चरणको अन्तिम खेलमा पुलिसले बागमती प्रदेशविरुद्ध ५ […]