2 years ago
December 21, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले साविक विजेता सुदूरपश्चिम प्रदेशमाथि ९ विकेटको सानदार जितका साथ प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

जितको लागि ८८ रनको विजयी लक्ष्य पछ्याएको एपिएफले १६.१ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । एपिएफको जितमा ओपनर ज्योति पाण्डेले ४८ बलमा ९ चौकासहित सर्वाधिक ४९ रन बनाइन् ।
इन्दु बर्माले ४४ बलमा ४ चौकासहित ३१ रनमा अविजित रहिन् । ओपनर सीता रानामगर ४ रनमा आउट भएकी थिइन् । सुदूरको लागि ईश्वरी विष्टले एक विकेट लिइन् ।
त्यसअघि माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ८७ रन बनायो ।
सुदूरको लागि कविता जोशीले २७ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक २२ रन बनाइन् । सम्झना खड्का १२ रनमा आउट हुँदा अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
एपिएफको लागि सोनु खड्काले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिइन् । सुमन विष्ट, करुणा भण्डारी र इन्दु बर्माले १(१ विकेट लिइन् ।
आजको पहिलो खेलमा बागमती प्रदेशले मधेशलाई २८ रनले हरायो । आजको दोस्रो खेलमा टियुमा गण्डकी र लुम्बिनीबीच प्रतिस्पर्धा हुँदैछ । अर्को खेलमा मुलपानीमा कोशी र कर्णालीबीच प्रतिस्पर्धा हुनेछ ।
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]