2 years ago
December 21, 2023
काठमाडौं (हाम्रो खेलकुद) – अलराउन्डर सुमन खतिवडाको आक्रामक ब्याटिङमा गण्डकी प्रदेशले प्रधानमन्त्री कप टि२० राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेशलाई १ सय ३ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको गण्डकीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय २ रन बनायो ।
गण्डकीको लागि सुमन खतिवडा १८ बलमा ५ चौकासहित ३३ रनमा नट आउट रहिन् । सुमन पहिलो पटक गण्डकीबाट खेलेकी हुन् । यसअघि बागमती प्रदेशबाट घरेलु क्रिकेट खेल्ने गर्दथिइन् ।
ओपनर अन्जली विश्वकर्मा ५१ बलमा ४ चौकासहित ३० रनमा रिटायर्ड हर्ट भइन् । १५ औं ओभरमा अन्जली रिटायर्ड हुँदा गण्डकी ५९–२ को अवस्थामा थियो । त्यसपछि सुमन क्रिजमा आउँदै रनको गती बढाएकी थिइन् ।
गण्डकीलाई ओपनर सृर्जना पौडेल र अन्जली विश्वकर्माले ७.५ ओभरमा ४१ रन जोड्दै राम्रो सुरुवात दिलाएका थिए । सृर्जना २३ बलमा ३ चौकासहित १९ रनमा आउट भइन् ।
सीमना केसी २ र ज्योत्स्निका मरासिनी ५ रनमा आउट भइन् । लुम्बिनीको लागि मधु डिसी, सरस्वती पुन र कमला जिएमले समान एक विकेट लिइन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]