2 years ago
December 21, 2023
काठमाडौं (हाम्रो खेलकुद) – स्पिनर साहब आलमको घातक बलिङसँगै नेपाल पुलिस क्लब प्रो क्लब टि२० च्याम्पियनसिपमा त्रिभुवन आर्मी क्लबलाई ५९ रनको सामान्य लक्ष्य दिएको छ ।

नारायणी क्रिकेट मैदान बिरगंजमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पुलिस १८.४ ओभरमा ५८ रनमा अल आउट भयो ।
पुलिसको लागि करण केसीले १६ बलमा १ छक्कासहित सर्वाधिक १५ रन बनाए । अमृत श्रेष्ठले ३० बलमा ११ रन बनाए । पुलिसका ९ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
ओपनर दीलिप नाथ १, शंकर राना शून्य, अर्जुन साउद २६ बलमा ६, आरिफ शेख ३, शेर मल्ल ४, सुनिल धमला २ र राशिद खान शून्यमा आउट भए ।
आर्मीका साहब आलमले ४ ओभरमा २ मेडनसहित ४ रन खर्चेर ३ विकेट लिए । बसिर अहमदले ४ ओभरमा १२ रन खर्चेर २ विकेट लिए । सोमपाल कामी, अभिनाश कर्ण र कुशल मल्लले १(१ विकेट लिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]