default_image

7 months ago

December 22, 2023

ज्योत्स्निका र अञ्जलीको अर्धशतकमा गण्डकीको विशाल योगफल

1341 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – दुई युवा खेलाडी अञ्जली विश्वकर्मा र ज्योत्स्निका मरासिनीको अर्धशतकमा गण्डकी प्रदेशले प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगितामा कर्णाली प्रदेशलाई १ सय ४२ रनको विशाल लक्ष्य दिएको छ ।

माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको गण्डकी प्रदेशले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४१ रन बनायो ।

गण्डकीको लागि ओपनर अञ्जली विश्वकर्माले ४८ बलमा ८ चौकासहित सर्वाधिक ५१ रन बनाइन् । ज्योत्स्निका मरासिनी ४० बलमा ५ चौका र १ छक्कासहित ५० रनमा रन आउट भइन् । जारी प्रतियोगितामा अर्धशतक हान्ने यी दुई खेलाडी मात्रै हुन् । जारी प्रतियोगिता सर्वाधिक योगफल पनि हो ।

सुमन खतिवडाले १७ बलमा २ चौका र १ छक्कासहित २२ रनको आक्रामक इनिङ खेलिन् । अन्य ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन् ।

सृर्जना पौडेल शून्य, सीमा केसी २, सृष्टी पौडेल शून्यमा आउट हुँदा कुसुम गोदार १ रनमा अविजित रहिन् । कर्णालीको यमुना थारुले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिइन् । अन्जु गुरुङले ४ ओभरमा १५ रन खर्चेर २ विकेट लिइन् । रश्मी खड्काले एक विकेट लिइन् ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.