default_image

7 months ago

December 22, 2023

साहबको घातक बलिङमा आर्मीको लगातार दोस्रो जित

1332 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – स्पिनर साहब आलमको घातक बलिङमा त्रिभुवन आर्मी क्लबले प्रो क्लब च्याम्पियनसिपमा वन्डर्स क्लब नोयडालाई ६ विकेटले हराएको छ । आर्मीको लगातार दोस्रो जित हो ।

जितको लागि १ सय रनको मध्यम विजयी लक्ष्य पछ्याएको आर्मीले १३.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । आर्मीको जितमा कुशल मल्ल ३५ बलमा २ चौका र ३ छक्कासहित ४१ रनमा आउट भए । ओपनर सन्तोष कार्की २३ बलमा ३ चौका र २ छक्कासहित ३७, विनोद भण्डारी र बसिर अहमद शून्यमा आउट भए ।

भीम सार्की १९ बलमा ३ चौकासहित २० रनमा अविजित रहे । नोयडाका ऋतिक भत्सले ३ ओभरमा ८ रन खर्चेर ३ विकेट लिए ।

त्यसअघि नारायणी क्रिकेट रंगशाला बिरगंजमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नोएडाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ९९ रन बनाएको थियो । नोएडाका ऋतिक अरोरा र कप्तान हर्षित सेठीले समान २० रन बनाए ।

आर्मीका साहब आलमले ४ ओभरमा २ मेडनसहित ४ रन खर्चेर ४ विकेट लिए । बसिर अहमद, कुशल मल्ल र सोमपाल कामीले समान एक विकेट लिए ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.