default_image

7 months ago

December 24, 2023

रुविना र अप्सरीको शतकीय साझेदारीमा कोशीको बलियो योगफल

1329 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान रुविना क्षेत्री र अप्सरी बेगमको शतकीय साझेदारीमा कोशी प्रदेशले प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगिता मधेश प्रदेशलाई १ सय ३० रनको बलियो लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको कोशीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय २९ रन बनायो ।

कोशीको लागि रुविनाले ६४ बलमा ९ चौकासहित ५४ रनको अर्धशतकीय इनिङ खेलेकी थिइन् । ओपनर काजोल श्रेष्ठलाई तीव्र गतिका बलर पुजा महतोले पहिलो ओभरको तेस्रो बलमै शून्यमा एलबीडब्लू आउट गरेकी थिइन् ।

दोस्रो विकेटका लागि काजोल र रुविनाले १ सय २ रनको शतकीय साझेदारी गरेका थिए । अप्सरी सरस्वती कुमारी चौधरीले १९ औं ओभरको चौथो बलमा ठूलो सर्ट खेल्ने धुनमा डिप मिडविकेटमा साक्षी यादवबाट क्याच आउट भइन् । अप्सरीले ४१ बलमा ७ चौकासहित ३९ रन बनाइन् ।

सबनम राई ८ बलमा २ चौकासहित १६, लखिता राजवंशी ६ र नमिता श्रेष्ठले २ रन बनाइन् । मधेशकी मिना महतोेले ३ ओभरमा २७ रन खर्चेर २ विकेट लिइन् । पुजा महतो र सरस्वती चौधरीले १-१ विकेट लिइन् । जारी प्रतियोगितामा कोशीले सुरुवाती दुबै खेलमा जित हात पारेको छ । मधेश भने सुरुवाती दुवै खेलमा पराजित भएको छ ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.