default_image

2 months ago

December 25, 2023

टिप्परको ठक्करले क्रिकेटमा ‘विशाल’ सपना चकनाचुर

भुपेन्द्र जि.सी./ब्लग सन् २०१४ मा जब नेपालले पहिलो पटक टि२० विश्वकप खेल्यो । तब प्यूठानको बाङ्गेमा क्रिकेटको माहोल उचाईमा थियो । कराखोला खेत, खोला र मोटरबाटोमा बाङ्गेका केटाहरुले ब्याट र बल समाउन सिक्ने ठाउँ थियो। गाउँमा ठूलो चौर छैन । त्यसैले खोला किनार र खेतमा खेल्नु बाहेक अर्को विकल्प थिएन । र छैन पनि । […]

2091 views

0 Bookmark

भुपेन्द्र जि.सी./ब्लग

सन् २०१४ मा जब नेपालले पहिलो पटक टि२० विश्वकप खेल्यो । तब प्यूठानको बाङ्गेमा क्रिकेटको माहोल उचाईमा थियो । कराखोला खेत, खोला र मोटरबाटोमा बाङ्गेका केटाहरुले ब्याट र बल समाउन सिक्ने ठाउँ थियो। गाउँमा ठूलो चौर छैन । त्यसैले खोला किनार र खेतमा खेल्नु बाहेक अर्को विकल्प थिएन र छैन पनि । चाहेर पनि मैदान बनाउने ठाउँ छैन । रहरको अघि मैदान र साम्रगीले फरक पर्दैन । त्यो खोला र खेत गाउँमा खेल्नेको लागि रंगशाला भन्दा कम होईन ।

कराखोला खेतमा त्यो बेला हामी क्रिकेट खेल्न जान्थ्यौं । दिनभरी खेलेर आउँथ्यौं । त्यो समय गाउँका दुई टिम हुन्थे । उपल्लो बाङ्गेबाट राजेश, शम्शेर, कमल, मोहन लगायतका खेलाडी हुन्थे । हाम्रो तल्लोबाङ्गेबाट मसँगै सन्दीप, महेन्द्र, सूर्य, विजय लगायतका खेलाडी मिलेर खेल्थ्यौं ।

दुई टिममा खेलाडी अट्न पनि गाह्रो हुन्थ्यो । ७–८ ओभरका खेल त कति हो कति । बिहानै खाना खाएर गएपछि दिनभर साँझ नपरे सम्म । शनिबार त उज्यालो भएदेखि झमक्क साँझ पर्दा सम्म पनि बल र ब्याटमै रमाउँन्थ्यौं। भोक लागे चौतरी वा तेजु खाएर नै खेल्नी । काम नगरेपछि घरकाले खाना दिने कुरै भएन ।

गाउँले छोरा बरालेर क्रिकेट खेलायो भनेर गाली पनि कति गर्थे गर्थे । जे भए पनि क्रिकेट खेल्न चाहिँ कहिल्यै छाडिएन । चार पाँच घण्टा हिँडेर अर्घाखाँचीको रामेर गएर खेल्दा होस् वा घरमाथि खेतमा । बर्खामा धान रोपेको बेला भने त्यहा खेल्न मिल्थेन । बाहिर गएर खेल्नु पर्दथ्यो ।

२०१७ सम्म आउँदा सबै केटाहरु गाउँ छाडि सकेका थिए । कोही भर्ती भए । केहि पढ्न शहर पसे । बाँकी बाध्यताले विदेश लागे । त्यसैले गाउँमा पहिला जस्ता खेलाडी छैनन् । अहिले एउटा टिम बनाउन नै मुश्किल पर्दछ । पब्जी, मोबाइल र सामाजिक सञ्जालको लतले क्रिकेटमा प्यासन कमैमा देखिन्छ ।

त्यसका वावुजद पनि गाउँमा दोस्रो ब्याचका क्रिकेट खेल्ने खेलाडी तयार थिए । त्यसमा विशाल जि.सी.सबैभन्दा राम्रो खेल्थ्यो । उ अरु भन्दा फरक थियो । उसले नै एउटा आफ्नै टिम बनाउथ्यो ।

विशाल युवा खेलाडीमा सबैभन्दा ठूला सर्ट प्रहार गर्न माहिर र तीब्र गतिमा बलिङ गर्दथ्यो । उचाई पनि राम्रो । कलिलो उमेर । क्लिन हिट गज्जवको थियो । भविष्यमा क्रिकेटमा केहि गर्न सक्ने गाउँबाट सम्भावना बोकेको खेलाडीमा पर्दथ्यो । घर गएको बेला जहाँ भएपनि फोन गरेपछि क्रिकेट खेल्न खोला तिर झरि हाल्थ्यो ।

पहिला खेतमा खेल्दा उसको घर हुँदै तेर्सै जानु पर्दथ्यो । गाउँमा मोटरबाटो गएपछि खेत टाढा भएपछि त्यसको घरतल कराखोला छेउमा खेल हुन थाल्यो । तर कोरोनाको समयमा खोला छेउमै एउटा सानोतिनो बलिङ गर्न मिल्ने मैदान वडाले बनाइदिएको थियो ।

प्रतिस्पर्धा नहुने हुँदा विशाल भएन भने खेल्न त्यति मज्जा आउने थिएन । उ फेरि क्रिकेट खेल्न भनेपछि भिरैभिरबाट सिधैं खोला आउँथ्यो । मोटरबाटो घुमेर गाउँ हुँदै खोला आउँदा खेल्न ढिलो हुन्छ भनेर खरबारीबाट लडीबुढी गर्दै झर्दथ्यो ।

यसपालीको दशैंमा उ घुम्न अर्घाखाँची गएको थियो । तर क्रिकेट खेल्ने भनेर फोन गरेपछि तुरुन्त फर्किएको थियो । एकदिन मैले उसलाई फोन गरे । दाइ राजेशले उठाउँदै बिरामी छ आउँदैन भनेको थियो । हामी खेल्न गयौं । तर केहि समयपछि टुप्लुक्क खेल्न आएको थियो । अनि बिरामी भएको मान्छे किन आएको भनेर गाली गर्दा हाँस्दै भनेको थियो, ‘क्रिकेट खेल्ने भएपछि सब ठिक ।’

ब्याट पनि कति महँगो । एउटा राम्रो ब्याट किन्न खोजेको । पैसा धेरै भनेर किनिन । अनि यहिँ टेनिस ब्याट किने । त्यो पनि घरले पढ्न पठाएको पैसा यताउता मिलाएर । दशैंमा विशालले भनेको थियो । अनि मैले हाँस्दै भने यो टेनिस ब्याट हो । क्रिकेटकै ब्याट त हामीले किन्न धेरै गाह्रो पर्छ ।

महँगो ब्याट किनेर पनि के गर्नु । केटाहरु भुईंमा र ढुङ्गा हानेर बिगार्छन्। यिनीहरुलाई यहिँ ब्याट ठिक छ । मैले पुरानो ब्याट देखाउँदै भनेको थिए । एउटा बाजीको खेलमा हामीलाई हराउन विशालले उत्कृष्ट ब्याटिङ गरेको थियो । मलाई एकै ओभरमा दुई तीन छक्का हानेको थियो । त्यो छक्का तल बाटोबाट माथि अर्को मैदान भन्दा बाहिर पुर्याएको थियो ।

तीन वर्षअघि कोरोनाको समयमा एक मैत्रीपूर्ण खेलमा ब्याटिङ गर्दै विशाल ।

उसले छक्का हानेर जहाँ बल पुर्याएको थियो त्यहाँ अहिले सम्म कसैले हानेका छैनन् । उसको गति र ब्याट स्वींग उत्कृष्ट हुँदा मैले एकेडेमीमा खेल्न सुझाव दिएको थिए । उ ११/१२ मा पढ्न दाङको घोराहीमा गएको थियो । घोराही नजिकै गुलरिया मैदानको एकेडेमीमा खेल्न मैले सुझाव दिएको थिए । बरु मैले त्यहाँ कुरा गर्दिने पनि भनेको थिए ।

१२ पछि एकेडेमी जाने जवाफ दिएको थियो । नेपालबाट यू–१९ खेल्न के गर्नुपर्छ भनेर मलाई सोधेको पनि थियो । प्यूठान नेपाल क्रिकेट संघ (क्यान) को सदस्य जिल्ला छैन । त्यसैले अन्य जिल्लाबाट पर्न धेरै राम्रो खेल्नुपर्छ भनेर सुझाव दिएको थिए । एकदमै राम्रो खेले अन्य जिल्लाबाट छनोट खेल्न कुरा गर्दिने पनि भनेको थिए ।

पछिल्लो पटक हामी तिहारको समयमा क्रिकेट खेलेका थियौं । त्यसपछि म काठमाडौं फर्किए । उ दाङ गयो । सामाजिक सञ्जालमा क्रिकेट सम्बन्धी पोष्टहरु उसले सेयर गर्दै आएको थियो ।

गत शनिबार बिहान सुभक भाइले एउटा न्युज फेसबुकमा सेयर गर्यो । दाङमा टिप्पर र मोटरसाइकल ठोकिदा दुई जनाको मृत्यु । यो शीर्षक देखेपछि मेरो मन झसङ्ग भयो । गाउँका कोहि परेछन् । नत्र यो मुलाले किन सेयर गर्दथ्यो । डराई डराई लिंक खोले । झिमरुक ४ बाङ्गे कोट भएका विशाल जि.सी र उनका भान्जा सागर केसीलाई गएराति घोराही १० झारबैरामा टिप्परले ठक्कर दिँदा मृत्यु भन्ने समाचार थियो ।

एकछिन विश्वास नै लागेन । मन सम्हाल्न गाह्रो भयो । अनि मैले सुभकलाई तुरुन्त फोन गरे । के त्यो साँचो हो ? अनि उसले हो रे, अंकल (धमेन्द्र) हरु जानु भएको छ भन्यो । तर पनि विश्वास लागेन ।

टिप्पर ठक्करबाट मृत्यु भएका मामा भान्जा

विस्तारै समाचार र सामाजिक सञ्जालमा उक्त खबर फैलियो । १७ वर्षीय उमेरमा उसले यो धर्ती छाडेर गयोे । १८ वर्षीय भान्जा सागरको घर लुङ बाहाने थियो । तर सानोमा उनी धेरै मामाको घर बस्थे ।

सागर र विशाल एउटै उमेरको हुँदा निकै मिल्थे । सँगै क्रिकेट पनि खेल्थे । भान्जा रोजगारीको कारण भारत जाने आउने गर्दथे । भारत जानुअघि त्यसै दिन विशाललाई भेट्न उनी घोराही गएका रहेछन् । त्यो दिन उनीसँगै गाउँका अर्का भाइ रमेश भएर दिनभर घुमेर फर्केछन् । साँझ खाना खाएपछि रमेश अर्को दिन कलेज जानुपर्ने हुँदा चाँडै नै सुतेछन् । मामा भान्जा मोबाइलमा गेम खेल्दै बसे ।

रमेश सुतेपछि उसको मोटरसाइकल लगेर घोराहीबाट उनीहरु तुल्सिपुरतर्फ पुन घुम्न निस्केका थिए । झारबैरामा उनीहरु आफ्नै दिशामा अघि बढिरहेको थिए भन्ने समाचारबाट थाहा भयो । तर अर्को टिप्परलाई ओभरटेक गर्ने धुनमा टिपरले विशाल चडेको बाइकलाई ठक्कर दिएछ । त्यो ठक्करबाट मामा र भान्जा दुबैले कलिलो उमेरमा ज्यान गुमाउनु पर्यो ।

उता कोठामा सुतेका रमेश राती १ बजे निद्राबाट बिउझिएपछि साथीहरुलाई नदेखेपछि फोन गरेछन् । फोन गरेपछि उनीहरुलाई अस्पतालमा राखिएको थाहा पाएछन् । सामान्य घाइते होलान् भनेर उनी अस्पताल भेट्न गएको रहेछन् । तर केहि समय अघि संगै खाना खाएका दुई साथीलाई मृत्यु अवस्थामा देखेपछि कसरी पो मन थामुन् ।

तीन भाइ मध्य विशाल कान्छो थियो । जेठो प्रदीप विदेशमा । माइलो राजेश जिल्लाको नाम चलेको पत्रकार । अंङ्कलको पनि केहि वर्षअघि मृत्यु भएको थियो । अंकलले धेरै मिहिनेत र संघर्ष गरेर हुर्काउनु भएको थियो । जुन संघर्ष गाउँमा विरलैले भोग्नु परेको थियो ।

राजेश र हामीले गाउँमा क्रिकेटको सुरुवात गरेका थियौं । राजेश पनि भाइको खेलबाट प्रभावित थियो । त्यसैले पनि भाई भविष्यमा खेलाडी बनेर केहि गर्ला विश्वास थियो । त्यसैले क्रिकेटमा विशालले भनेको सबै मान्थ्यो । दाइलाई विशालले १२ पढेपछि एकेडेमी जाने बताइ सकेको थियो । तर टिप्परको लाहपरवाहीले उसको ज्यान गयो। क्रिकेटमा उसले देखेका सबै ठूला सपनाहरु त्यहिँ ठक्करले चकनाचुर भए ।

राजेशले आफ्नो अगाडि भाइको मृत्यु देख्दा मन कसरी सम्हालेको होला । अन्टीले पुत्रशोकमा कसरी मन थाम्नु भयो होला ? छोरा र भाइ एकै पटक गुमाउँदा दिदीको अवस्था के होला ? मनमा यस्तै कुरा खेली राखेका छन् ।

विशाल छैन भन्ने विश्वास नै लाग्दैन । यतैकतै छ जस्तो लाग्छ । मनमा अहिले पनि उससँग क्रिकेट खेलेका ती दिनहरु झलझली याद आउँछ ।

यो सबै सपना जस्तो लाग्छ । तर उ अब कहिल्यै भेट नहुनी र क्रिकेट नखेल्ने गरि यो दुनियाँँबाट बिदा भई सकेको छ । नेपालबाट यू १९ खेल्ने सपना देखेको थियो । उसमा अथाह सम्भावना पनि थियो । तर अल्पआयूमै उ गयो । अलविदा विशाल भाइ ।

February 23, 2024

अष्ट्रेलियाद्वारा न्यूजिल्याण्डविरुद्ध टि-२० सिरिज कब्जा

एजेन्सी – न्यूजिल्याण्डमा जारी अष्ट्रेलिया र घरेलु टोलीको बीचको तीन खेलको टि-२० शृंखला पाहुना टोलीले कब्जा गरेको छ । अष्ट्रेलियाले एक खेलमा बाँकी रहँदै शृंखला २-० ले कब्जा गरेको हो । पहिलो खेलमा ६ विकेटको रोमाञ्चक जित निकालेको अष्ट्रेलियाले दोस्रो खेलमा आज ७२ रनको फराकिलो जित दर्ता गर्दै शृंखला जितेको हो । १७५ रनको लक्ष्य […]

February 23, 2024

भारतविरुद्धको चौथो टेस्टमा रुटको शतक

एजेन्सी – भारतविरुद्धको चौथो टेस्टमा पहिलो दिन इङ्ल्यान्ड जो रुटले शतक पूरा गरेका छन् । टस जितेर पहिले ब्याटिङ रोजेको इङ्ल्यान्डले ७ विरुटले नटआउट १ सय ६ रन बनाएका छन् । ३१ रनमा नटआउट रहँदै ओली रविन्सनले रुटलाई साथ दिइरहेका छन् । टेस्ट क्रिकेटमा रुटको ३१ औं शतक हो । बेन फोक्सले ४७, जोनी ब्रेन्सकेटको […]

February 23, 2024

नामिबियाले नेदरल्यान्ड्सलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी क्रिकेट विश्वका लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिज अन्तर्गतको खेलमा नामिबियाले नेदरल्यान्ड्सलाई २४ रनले पराजित गरेको छ । टियु क्रिकेट मैदानमा मैदान भिजेको कारण ४५ ओभरमा घटाइएको खेलमा नेदरल्यान्ड्सले जितको लागि २ सय ४ रन पछ्याएपनि लक्ष्य पूरा गर्न सकेन । नेदरल्यान्ड्स ४३.५ ओभरमा १ सय ७९ रनमा अलआउट भएको थियो । […]

Success

Thank you for your time.