default_image

7 months ago

December 25, 2023

नेपालबाट अन्तिम खेल खेल्ने ऋतुको चाहना

1271 views

0 Bookmark

भुपेन्द्र जि.सी./काठमाडौं

ऋतु कनौजिया नेपाली क्रिकेटकी सवैभन्दा अनुभवी खेलाडी हुन् । नेपालकी पूर्वकप्तान ऋतुले ४२ वर्षको उमेरमा घरेलु क्रिकेटमा सुदूरपश्चिम प्रदेशबाट लगातार सानदार प्रदर्शन गर्दै आएकी छिन् । उमेर एउटा अंक मात्रै हो भन्ने उदाहरण प्रस्तुत गर्दै आएकी छिन् ।

सन् २००७ देखी २०१९ सम्म नेपालबाट अन्तर्राष्ट्रिय क्रिकेट खेलेकी नेपालकी पूर्वकप्तान ऋतुको ४२ वर्षमा पनि जोश र जाँगर उस्तै छ । अहिले पनि मैदानमा उनले फिल्डिङ, ब्याटिङ र बलिङमा अब्बल रहँदै आएकी छिन् ।

ऋतु घरेलु क्रिकेटमा विपक्षीलाई घातक बन्दै आएकी छिन् । काठमाडौंमा जारी प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगितामा सुदूरपश्चिम प्रदेशलाई आइतबार कर्णालीविरुद्ध ८१ रनको जित दिलाउन उनले घातक बलिङ गरिन् ।

उनले ४ ओभरमा २ मेडनसहित ६ रन खर्चेर ३ विकेट लिइन् । घरेलु क्रिकेटमा उनले लगातार उत्कृष्ट अलराउन्ड प्रदर्शन गर्दै आएकी छिन् । उनी फिटनेशमा ध्यान दिएको कारण सम्भव भएको बताउँछिन् ।

‘लगातार अभ्यास गरेको छु । साँझ विहान अभ्यास गर्छु । खानपिनमा ध्यान दिँदै आएको छु । क्रिकेट खेली राखेको मान्छे त्यहिँ सजिलो भएको छ । क्रिकेटलाई नै सबैकुरा सुम्पि राखेको छु । त्यसले पनि होला’, आफ्नो प्रदर्शन बारे उनले भनिन् ।

२०१९ मा थाईल्यान्ड भ्रमणपछि ऋतु नेपालको टोलीमा छैनिन् । पछिल्लो समय बढ्दो उमेरसँगै उनलाई सन्न्यासको केहि दबाब पनि छ । पछिल्लो दुई वर्षदेखी उनलाई सन्न्यास लिन दबाब आएको छ । तर पनि आफ्नो उक्त प्रदर्शनले दबाब हटाउँदै आएकी छिन् । घरेलु क्रिकेटमा सुदूरपश्चिमबाट उनको प्रदर्शन अब्बल छ । गतवर्ष पिएमकपको उपाधि जिताउन महत्वपूर्ण प्रदर्शन गरेकी थिइन् ।

‘मलाई सन्न्यास लिन यहिँ वर्ष भनी राख्नु भएको थियो । सरहरु (चतुरबहादुर चन्द) आज वा भोली आइपुग्नु हुन्छ होला । सरसँग कुरा गरेर अन्तिममा नेपालबाट एउटा खेल खेलेर त्यसपछि सन्न्यास लिन्छु होला । मेरो अवको इच्छा नेपालबाट अन्तिम बिदाई खेल खेल्ने छ’, ऋतुले भनिन् ।

ऋतुले आफ्नो करिअर नै क्रिकेटमा बिताएकी छिन् । क्रिकेटलाई नै राम्रो बनाउन लाग्दा हालसम्म विवाह पनि गरेकी छैनिन् । सन्न्यासपछि केहि आय आर्जन गर्ने आधार बनाइदिए सहज हुने उनी बताउँछिन् ।

‘मैले सन्न्यास लिएपछि आफ्नो आयआर्जन गर्ने कुनै एउटा आधार पाए हुन्थ्यो । क्यानले त छोड भन्छ । मैले अहिले सम्म क्रिकेट बाहेक केहि सोचेन । मलाई जिल्ला, प्रदेश र क्यानले हालसम्म केहि दिएका पनि छैनन् । सिनियर टोली छाडेपछि आर्थिक रुपमा केहि गराइदिन क्यानलाई आग्रह पनि गर्न चाहन्छु’, उनले भनिन् ।

महिला क्रिकेटबाट खेलाडीले आत्मासन्तुष्टि र नाम बाहेक आलसम्म केहि पाउन सकेका छैनन् । वर्षमा एक दुई राष्ट्रिय प्रतियोगिता खेलेर बस्नु परेको छ । घरेलु खेल्ने खेलाडीलाई कुनैपनि पैसा छैन । अन्तर्राष्ट्रिय वर्षमा कहिले काहिँ हुँदै आएको छ । ऋतु पछिल्लो चार वर्षदेखी नेपाली टोलीमा छैनिन् । ऋतु सन्न्यासपछि प्रशिक्षणमा आउने अपेक्षा राखेकी छिन् ।

पछिल्लो समय गृह जिल्लामा उनले युवा खेलाडीलाई प्रशिक्षण समेत दिँदै आएकी छिन् । वान लेभल कोचिङ कोर्ष गरेकी उनले दशरथचन्द नगरपालिकामा प्रशिक्षण दिँदै आएकी छिन् ।

उनी जिल्ला, प्रदेश हुँदै केन्द्रमा आएर प्रशिक्षक भूमिका निर्वाह गर्ने सपना पनि देखेकी छिन् । २००७ मा नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा सुरुवात गर्दा र हालसम्म आउँदा अन्तर्राष्ट्रिय स्तरमा प्रदर्शनमा कुनै फरक छैन । पछिल्लो समय खेलाडी उत्पादन भएपनि अपेक्षा अनुसार नतिजा आउन सकेको छैन ।

बरु नेपालको अन्तर्राष्ट्रिय प्रदर्शन झनपछि झन खस्किएको छ । क्यानले पहिलो पटक पिएमकप राउन्ड रोविनमा आयोजना गरेको छ । यसले पनि सुधार गर्न केहि सहयोग पुग्ने अपेक्षा गरिएको छ । ऋतु निरन्तर खेल र अभ्यास हुनुपर्ने बताउँछिन् ।
‘नेपाली टोलीमा परेका खेलाडीलाई पनि निरन्तर क्याम्प राख्दिन पर्यो । कडा अभ्यास गराउनु पर्यो । अनि मात्रै सबै कुरा परिवर्तन हुन्छ’, उनले भनिन् ।

ऋतुले नेपाली क्रिकेटलाई जुन योगदान दिएकी छिन् त्यसलाई शब्दमा बयान गर्न सकिदैन । आफ्नो पूरा जीवनलाई क्रिकेटलाई समर्पित गरेकी छिन् । खेलपर्ति समर्पितको एउटा राम्रो उदाहरण पनि हुन् ।

उनको उक्त योगदानलाई क्यानले उचित मुल्याङ्कन गर्न सके ऋतुलाई गर्वमात्रै हुनेछैन । युवा खेलाडीलाई क्रिकेटमा लाग्न एउटा प्रेरणा र हौसला पनि मिल्नेछ । उनको खेलाडी करिअरमा अन्तिम सपना नेपालबाट खेलेर सन्न्यास लिने सपना पूरा गर्दिन क्यान र नेपाली महिला टोली पछि हट्नु हुँदैन ।

ऋतुको पूरा क्रिकेट जीवनी पढ्नुहोस् : ऋतु कनोजिया – ‘खेलाडी त के कप्तान पनि चिन्दैनन्’

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.