default_image

7 months ago

December 25, 2023

सरस्वतीको अर्धशतकमा लुम्बिनीको दोस्रो जित

302 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद – कप्तान सरस्वती घर्तीमगरको अर्धशतकमा लुम्बिनी प्रदेशले प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगितामा कर्णाली प्रदेशलाई ३० रनले हराएको छ । लुम्बिनीले जित निकाल्दा कर्णालीको लगातार चौथो हार हो ।

जितको लागि १ सय ३४ रनको बलियो विजयी लक्ष्य पछ्याएको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३ रन बनायो । कर्णालीको लागि मध्यक्रमकी ब्याटर गौरी बोहराले २२ बलमा २ चौकासहित सर्वाधिक २२ रन बनाइन् ।

यमुना थारु २९ बलमा ४ चौकासहित २१, तृर्सना विश्वकर्मा ८, कप्तान किरण कुँवर २, निकिता धमला शून्य र बिना थापा ४ रनमा आउट भइन् । अन्जु गुरुङ ६ बलमा ३ चौकासहित १३ र रश्मी खड्का ११ रनमा नट आउट रहिन् ।

लुम्बिनीकी सरस्वती पुनले ४ ओभरमा १५ रन खर्चेर २ विकेट लिइन् । कृतिका मरासिनीले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिइन् । शर्मिला रोका र चमेली चौधरीले १-१ विकेट लिइन् ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको लुम्बिनी प्रदेशले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ३३ रन बनायो । लुम्बिनी प्रदेशकी कप्तान सरस्वती जिएम ६२ बलमा ७ चौकासहित ५३ रनमा अविजित रहिन् । ओपनर लक्ष्मी चौधरी ४ रनमा यमुना थारुको तेस्रो बलमै आउट भएकी थिइन् ।

दोस्रो विकेटका लागि आश्मा पुलामी मगर र सरस्वती जिएमले ४४ रनको साझेदारी गरेका थिए । आम्शा रश्मी खड्काको बलमा २५ बलमा ३ चौकासहित २५ रनमा बोल्ड भइन् ।

चमेली चौधरीले २२ बलमा २ चौकासहित १८, सरस्वती पुन ३ र मधु डिसीले २ रन बनाइन् । कर्णालीको लागि यमुना थारु, रश्मी खड्का र तृर्सना विश्वकर्माले १–१ विकेट लिइन् ।

कर्णालीको यो लगातार चौथो हार हो । कर्णाली यसअघि कोशीसँग १० विकेट, गण्डकीसँग ४४ रन र सुदूरपश्चिमसँग ८१ रनले पराजित भएको थियो । उता लुम्बिनीको दोस्रो जित हो । लुम्बिनी पहिलो खेलमा गण्डकीलाई ४ विकेटले हराएको थियो । सुदूरसँग ९ विकेट र एपिएफसँग ९० रनले पराजित भएको थियो ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.