default_image

7 months ago

December 25, 2023

पुजाको अलराउन्ड प्रदर्शनमा मधेशको पहिलो जित

481 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद – अलराउन्डर पुजा महतोको अलराउन्ड प्रदर्शनमा मधेश प्रदेशले प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगितामा गण्डकी प्रदेशलाई २७ रनले हराउँदै पहिलो जित हात पारेको छ ।

जितको लागि १ सय १३ रनको बलियो विजयी लक्ष्य पछ्याएको गण्डकी १९.४ ओभरमा ८५ रनमा अल आउट भयो । गण्डकीको लागि सुमन खतिवडाले ३३ बलमा ६ चौकासहित सर्वाधिक ४२ रन बनाइन् । सृष्टी जैसी १५ रनमा आउट हुँदा अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

मधेशकी पुजा महतोले ३.४ ओभरमा १ मेडनसहित ७ रन खर्चेर ३ विकेट लिइन् । सरस्वती कुमारी चौधरी, कविता गौतम र साक्षी यादवले १-१ विकेट लिइन् ।

त्यसअघि माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मधेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय १२ रन बनाएको थियो ।

मधेशकी ओपनर पुजा महतोले ४३ बलमा ४ चौकासहित सर्वाधिक ३८ रन बनाइन् । सरस्वती चौधरीले २१ बलमा ३ चौकासहित २६ र प्रतिमा शाहले १० रन बनाइन् ।

गण्डकीको लागि सुमन खतिवडाले २ ओभरमा १० रन खर्चेर ३ विकेट लिइन् । कुसुम गोदार र सृष्टी जैसीले १–१ विकेट लिइन् ।
मधेश बागमतीसँग २८ रन, एपिएफसँग १० विकेट र कोशीसँग ६० रनले हारेको थियो । उता गण्डकी लुम्बिनीसँग ४ विकेटले पराजित भएको थियो ।

कर्णालीलाई ४४ रनले हराउँदा बागमतीसँग ४ विकेटले हारेको थियो । ८ टोली सहभागी पिएमकप राउन्ड रोविनको आधारमा हुनेछ । शीर्ष चार टोली प्लेअफमा पुग्नेछन् ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.