default_image

7 months ago

December 25, 2023

भारतीय टोलीमाथि आर्मीको सानदार जित

2486 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – स्पिनर साहब आलमको अलराउन्ड प्रदर्शनमा त्रिभुवन आर्मी क्लबले प्रो क्लब टि२० च्याम्पियनसिपमा भारतीय टोली उत्तर प्रदेश क्लब-११ माथि ६५ रनको सानदार जित हात पारेको छ । लगातार चौथो जितका साथ आर्मीले सेमिफाइनल स्थान पक्का गरेको छ ।

फाइल तस्विर ।

जितको लागि १ सय ३३ रनको मध्यम विजयी लक्ष्य पछ्याएको उत्तर प्रदेश १४.३ ओभरमा ६७ रनमा अल आउट भयो । उत्तरप्रदेशका अलत्माश आलमले २१ बलमा १ चौका र १ छक्कासहित सर्वाधिक १६ रन बनाए । तरुन कुमार १२, जयदेव सिंह र शुभम चौधरीले ११–११ रन बनाए ।

आर्मीका पवन कार्कीले २ ओभरमा १ मेडनसहित ३ रन खर्चेर ३ विकेट लिए । साहब आलमले ४ ओभरमा २५ रन खर्चेर ३ विकेट लिए । बसिर अहमद र सोमपाल कामीले २-२ विकेट लिए ।

त्यसअघि नारायणी क्रिकेट ग्राउन्ड बिरगंजमा टस जितेर पहिला ब्याटिङ रोजेको आर्मी १९.५ ओभरमा १ सय ३२ रनमा अल आउट भएको थियो । आर्मीका ओपनर सन्तोष कार्कीले ३२ बलमा ४ चौका र ३ छक्कासहित ४४ रनमा आउट भए । विनोद भण्डारी ५, बसिर अहमद १४, भीम सार्की २३, साहब आलम २२, कुशल मल्ल र रोहित पौडेल शून्यमा आउट भए ।

वाशी अन्सारीले ४ ओभरमा १ मेडनसहित १० रन खर्चेर ३ विकेट लिए । शैम हसन र शाहन्शाह अहमदले समान दुई विकेट लिए । तारुन कुमार र भीम शर्माले १–१ विकेट लिए । प्रतियोगितामा नेपालका तीन विभागीय, पर्सासँगै भारतीय दुई क्लबको सहभागीता छ । शीर्ष चार टोली सेमिफाइनल खेल्नेछन् ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.