1 year ago
December 27, 2023
काठमाडौं (हाम्रो खेलकुद) – युवा अलराउन्डर राजमति ऐरी र ममता चौधरीको उत्कृष्ट ब्याटिङ प्रदर्शनमा नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगितामा कर्णाली प्रदेशलाई १ सय ६१ रनको विशाल लक्ष्य दिएको छ ।
टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङको निम्तो पाएको एपिएफले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १ सय ६० रन बनायो । एपिएफकी राजमति ऐरीले ५५ बलमा ९ चौका र २ छक्कासहित ६७ रनको आक्रामक इनिङ खेलिन् ।
ममता चौधरी ५५ बलमा ८ चौकासहित ६२ रनमा रन आउट भइन् । ओपनर राजमति र ममताले पहिलो विकेटका लागि १६ ओभरमा १ सय १७ रनको शतकीय साझेदारी गर्दै विशाल योगफलको आधार तय गरेका थिए । ममता रन आउट भएकी थिइन् । राजमति दुई बल बाँकी रहँदा स्पिनर तृर्सना विश्वकर्माको बलमा बोल्ड भएकी थिइन् ।
ओपनर सीता रानामगर र ज्योति पाण्डे एपिएफको नियमित ओपनर हुन् । तर आजको खेलमा यी दुई खेलाडीले राजमित र ममतालाई ओपनिङको अवसर दिएका थिए । त्यसको राजमति र ममताले भरपूर्ण फाइदा उठाए ।
रोमा थापा ९ बलमा २ चौकासहित १४ र मन्जु बोकटी १ रनमा अविजित रहिन् । कर्णालीको लागि तृर्सना विश्वकर्माले एक विकेट लिइन् ।
February 10, 2025
एजेन्सी – दक्षिण अफ्रिकाका २६ वर्षीय ब्याटर म्याथ्यु ब्रिट्ज्की ओडीआई डेब्यूमै सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् । उनले पाकिस्तानमा जारी त्रिकोणात्मक ओडीआई सिरिजमा न्युजिल्यान्डविरुद्ध १ सय ४८ बलमा ११ चौका र ५ छक्कासहित १ सय ५० रनको शतकीय इनिङ खेल्दै विश्व कीर्तिमान बनाए । उनले वेष्टइण्डिजका डेसमन्ड हेन्सले सन् १९७८ मा अष्ट्रेलियाविरुद्ध बनाएको १ […]
February 10, 2025
एजेन्सी – केन विलियम्सनको अविजित शतकको सहयोगमा न्युजिल्याण्डले त्रिकोणात्मक ओडीआई सिरिजमा दक्षिण अफ्रिकामाथि ६ विकेटको सानदार जित हात पारेकोछ । पाकिस्तानको लाहोरमा जित्नलाई ३ सय ५ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्डले ४८.४ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । विलियम्सनले १ सय १३ बलमा १३ चौका र २ छक्कासहित १ सय ३३ रनको अविजित इनिङ खेले […]
February 10, 2025
धनगढी (हाम्रो खेलकुद)- अर्जुन ट्रफी टोली विजेता सिवाइसी अत्तरियाका विवेक यादव सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्। विवेकलाई १ लाख रुपैयाँ प्रदान गरिएको छ। प्रतियोगिता अवधिभर उनले १ सय ५२ रन बनाउनका साथै १० विकेट लिएका थिए। दोस्रो भएको फ्रेण्डस युथ क्लब डडेल्धुराका कुशल भुर्तेल उत्कृष्ट बलर र उत्कृष्ट ब्याटर दुवै चिनिए। उनले ५ खेलमा १ […]