default_image

2 years ago

December 28, 2023

पुजाको अलराउन्ड प्रदर्शनमा मधेशको जित

816 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पुजा महतोको अलराउन्ड प्रदर्शनमा मधेश प्रदेशले प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगितामा लुुम्बिनी प्रदेशलाई ८ विकेटले पराजित गरेको छ ।

जितको लागि ९७ रनको मध्यम विजयी लक्ष्य पछ्याएको मधेशले १८.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । मधेशको जितमा पुजा महतो ५९ बलमा ५ चौकासहित ६० रनमा अविजित रहिन् ।

अनुराधा चौधरी १७, प्रतिमा शाह २ र सरस्वती कुमारीले १२ रन बनाइन् । लुम्बिनीको सुष्मिता भुषाल र कमला घर्तीमगरले समान १–१ विकेट लिइन् ।

त्यसअघि माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ९६ रन बनाएको थियो ।

लुम्बिनीकी ओपनर लक्ष्मी चौधरीले ६४ बलमा ८ चौका र २ छक्कासहित सर्वाधिक ६४ रन बनाएपनि टोलीको लागि जिताउन सकिनन् ।

सरस्वती घर्तीमगरले १० रन बनाइन् । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । मधेशको लागि साक्षी यादवले ३ ओभरमा १७ रन खर्चेर २ विकेट लिइन् । आरती महतो र कविता गौतमले एक एक विकेट लिइन् ।

मधेश ६ खेलमा २ मा जित र ४ मा हारसहित ४ अंकका साथ छैटौं स्थानमा छ । लुम्बिनी ६ खेलमा २ मा जित र ४ मा हारसहित ४ अंकका साथ पाँचौं स्थानमा छ । दुबै टोलीको प्लेअफ सम्भावना अंक गणीतिय मात्रै बाँकी छ ।

एपिएफ ५ खेलमा १० अंकका साथ शीर्ष स्थानमा छ । कोशी ६ खेलमा ५ मा जित र १ मा हारसहित १० अंकका साथ दोस्रो स्थानमा छ । सुदूर ६ खेलमा ४ मा जित र २ मा हारसहित ८ अंकका साथ तेस्रो स्थानमा छ ।

बागमती ५ खेलमा ३ मा जित र २ मा हारसहित ६ अंकका साथ चौथो स्थानमा छ । ८ टोली सहभागी प्रतियोगिता शीर्ष चार टोली प्लेअफमा पुग्नेछन् । शीर्ष दुई टोलीले सोझै क्वालिफायर खेल्न पाउनेछन् । क्वालिफायरमा पराजित हुने टोलीले अर्को फाइनल खेल्ने अवसर पाउनेछ ।

December 10, 2025

काठमाडौंलाई हराउँदै लुम्बिनी क्वालिफायर ‘टु’ मा

काठमाडौं (हाम्रो खेलकुद)- चौथो स्थानमा रहँदै प्ले अफ‌ पुगेको लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्वालिफायर ‘टु’ को यात्रा तय गरेको छ। काठमाडौं गोर्खाजलाई एलिमिनेटरमा आज ४ विकेटले हराउँदै लुम्बिनीले विराटनगर किङ्ससँगको भेट पक्का गरेको हो। १ सय १२ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७.४ ओभरमा ६ विकेट गुमाउँदै जित निकाल्यो । लुम्बिनीले पनि ब्याटिङमा केही […]

December 10, 2025

लुम्बिनीविरुद्ध काठमाडौंको ब्याटिङ चलेन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी रोयल्सका स्पिनर चम्किएपछि काठमाडौं गोर्खाजले आज नेपाल प्रिमियर लिग (एनपिएल) को एलिमिनेटरमा खुलेर ब्याटिङ गर्न सकेन।‌ टस जितेर पहिला ब्याटिङ रोजेको काठमाडौंले त्यसको फाइदा उठाउन सकेन । स्पिनर शेर मल्ल, कप्तान रोहित पौडेल र अभिषेश गौतमले ७ विकेट लिएपछि काठमाडौंले १९.१ ओभरमा अलआउट हुँदै १ सय‌ ११ रन मात्र बनाउन सक्यो। […]

December 10, 2025

काठमाडौंले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) मा आज एलिमिनेटरमा काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स खेल्दैछन्। काठमाडौंका कप्तान करण केसीले टस जितेर ब्याटिङ रोजेका छन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले फिल्डिङ गर्नेछ। लिग चरणमा काठमाडौंले लुम्बिनीलाई २२ रनले हराएको थियो। त्यो खेलमा लुम्बिनीले टस जितेर पहिला फिल्डिङ नै रोजेको थियो। काठमाडौंले अघिल्लो खेलकै टोलीलाई […]

Success

Thank you for your time.