default_image

7 months ago

December 28, 2023

गण्डकीलाई एपिएफको बलियो लक्ष्य

447 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगितामा गण्डकी प्रदेशलाई १ सय २८ रनको बलियो विजयी लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको एपिएफले २० ओभरमा ३ विकेट गुमाउँदै १ सय २७ रन बनायो । एपिएफकी ममता चौधरीले ३३ बलमा ६ चौकासहित ४० रनको अविजित इनिङ खेलिन् ।

रोमा थापा ३१ बलमा १ चौका र १ छक्कासहित ३१ रनमा अविजित रहिन् । ओपनर ज्योति पाण्डे कुसुम गोदारको बलमा विकेटकिपर धन कुमारीबाट क्याच आउट भइन् । तीव्र गतिकी बलर ज्योत्स्निका मरासिनीले सीता र इन्दु दुबैलाई आउट गरेकी थिइन् ।

सीता २८ बलमा २ चौकासहित १९ र इन्दु १० रनमा आउट भइन् । गण्डकीकी ज्योत्स्निका मरासिनीले ४ ओभरमा १९ ओभरमा २ विकेट लिइन् । कुसुम गोदारले १ विकेट लिइन् ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.