default_image

7 months ago

December 28, 2023

पिएमकपमा प्लेअफ खेल्ने चारै टोलीको टुङ्गो

1389 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौंमा जारी प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगितामा शीर्ष चारमा रहँदै प्लेअफ खेल्ने सबै चारै टोलीको टुङ्गो लागेको छ । बागमती प्रदेशले कर्णालीलाई १० विकेटले हराएसँगै प्लेअफ खेल्ने सबै टोलीको टुङ्गो लागेको हो ।

एपिएफ ५ खेलमा १० अंकका साथ शीर्ष स्थानमा छ । कोशी ६ खेलमा ५ मा जित र १ मा हारसहित १० अंकका साथ दोस्रो स्थानमा छ । सुदूर ६ खेलमा ४ मा जित र २ मा हारसहित ८ अंकका साथ तेस्रो स्थानमा छ । बागमती ६ खेलमा ४ मा जित र २ मा हारसहित ८ अंकका साथ चौथो स्थानमा छ ।

यी चार टोली प्लेअफमा पुगेका छन् । बाँकी कुनै पनि टोली अव ८ अंकमा पुग्न सक्दैनन् । लुम्बिनी ६ खेलमा २ मा जित र ४ मा हारसहित २ अंकका साथ पाँचौं स्थानमा छ ।

मधेश ६ खेलमा २ मा जित र ४ मा हारसहित ४ अंकका साथ छैटौं स्थानमा छ । गण्डकी प्रदेश ५ खेलमा ४ मा हार र १ मा जितसहित २ अंकका साथ सातौं स्थानमा छ । कर्णाली ६ खेलमा सबैमा हार व्यहोरेको छ ।

लुम्बिनी, मधेश, गण्डकी र कर्णाली बाँकी सबै खेल जितेको खण्डमा पनि ८ अंकमा पुग्न सक्दैनन् । शीर्ष दुई टोलीले सोझै क्वालिफायर खेल्न पाउनेछन् ।

क्वालिफायरमा पराजित हुने टोलीले अर्को फाइनलमा पुग्ने अवसर पाउनेछ । तेस्रो र चौथो स्थानमा हुने टोलीले एलिमिनेटर खेल्नुपर्ने हुन्छ । एलिमिनेटरको विजेताले दोस्रो क्वालिफायर खेल्नेछ । दोस्रो क्वालिफायरमा पहिलो क्वालिफायरमा पराजित हुने टोली र एलिमिनेटरको विजेता हुनेछ ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.