2 years ago
December 29, 2023
काठमाडौं (हाम्रो खेलकुद) – कप्तान सन्दीप लामिछानेको उत्कृष्ट बलिङमा पर्साले प्रो क्लब च्याम्पियनसिपमा त्रिभुवन आर्मी क्लबलाई ३१ रनले हराउँदै फाइनलमा पुगेको छ ।

जितको लागि १ सय रनको मध्यम विजयी लक्ष्य पछ्याएको आर्मी १६.२ ओभरमा ६८ रनमा अल आउट भयो । आर्मीका कुशल मल्लले २१ बलमा २ चौकासहित सर्वाधिक १९ र बसिर अहमदले १० रन बनाए । आर्मीका ९ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
ओपनर सन्तोष कार्की ४, विनोद भण्डारी ९, रोहित पौडेल ८, भीम सार्की ९, राजेश पुलामी २, सन्दीप रजाली १ र विवेक यादव २ रनमा आउट भए । पर्साका सन्दीपले ३.२ ओभरमा १३ रन खर्चेर ३ विकेट लिए । अनिल शाह, पवन सरार्फ र साम्सद मानसुरीले २–२ विकेट लिए ।
त्यसअघि नारायणी क्रिकेट ग्राउन्ड बिरगंजमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पर्सा १९.४ ओभरमा ९९ रनमा अल आउट भएको थियो । पर्साका साम्सद मानसुरीले १७, रुपेश सिंह १५, इमरान शेख ९, अनिल शाह १५, सुरज पटेल ७, हासिम अन्सारी ९, पवन सरार्फ ११ र सन्दीप लामिछाने ६ रनमा आउट भए ।
आर्मीका सोमपाल कामीले ३.४ ओभरमा २० रन खर्चेर ४ विकेट लिए । कुशल मल्लले ४ ओभरमा १ मेडनसहित २१ रन खर्चेर ३ विकेट लिए । साहब आलमले २ र विवेक यादवले १ विकेट लिए । पर्साले फाइनलमा दोस्रो सेमिफाइनलको विजेता पुलिस र नोयडामध्य एकसँग खेल्नेछ ।
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले पाँचौं स्थानमा रहँदै नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको अन्त्य गरेको छ। पोखराले ७ मध्ये तेस्रो जित निकाल्दै एनपिएलको यात्राको अन्त्य गरेको हो। एडम रोसिङ्गटन र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखराले चितवन राइनोजलाई ८ विकेटको फराकिलो अन्तरमा हरायो। जितको लागि १ सय २१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा पूरा […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई जितको लागि १ सय २१ रनको चुनौती दिएको छ। टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २० रन बनायो। जारी एनपिएलमा पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि जनकपुरले काठमाडौं गोर्खाजविरुद्ध १ सय […]