default_image

7 months ago

December 29, 2023

कमिन्स र स्टार्कको उत्कृष्ट बलिङमा अष्ट्रेलियालाई सिरिज

823 views

0 Bookmark

एजेन्सी – कप्तान प्याट कमिन्स र मिचेल स्टार्कको उत्कृष्ट बलिङमा अष्ट्रेलियाले दोस्रो टेस्ट खेलमा पाकिस्तानलाई ७९ रनले हराएको छ । योसँगै तीन खेलको टेस्ट सिरिज अष्ट्रेलियाले २–० को अग्रता लिँदै एक खेल अगावै उपाधि पनि जितेको छ ।

जितको लागि ३ सय १७ रनको विशाल विजयी लक्ष्य पछ्याएको पाकिस्तान दोस्रो इनिङमा २ सय ३७ रनमा अल आउट भयो ।
पाकिस्तानका कप्तान शन मसुदले ७१ बलमा ७ चौकासहित सर्वाधिक ६० रन बनाए ।

अघा सलमान ५०, मोहम्मद रिजवान ३५, साउद सकिल २४, बाबर आजम ४१ र इमाम उल हकले १२ रन बनाए । अष्ट्रेलियाका प्याट कमिन्सले ५ र मिचेल स्टार्कले ४ विकेट लिए ।

त्यसअघि अष्ट्रेलिया दोस्रो इनिङमा २ सय ६२ रनमा अल आउट भएको थियो । पहिलो इनिङमा ५४ रनले पछि परेको हुँदा पाकिस्तानले उक्त लक्ष्य पाएको थियो ।

अष्ट्रेलियाका मिचेल मार्शले १ सय ३० बलमा १३ चौकासहित सर्वाधिक ९६ रन बनाए । स्टिभ स्मिथ ५०, डेविड वार्नर ६, मार्नस लाबुसेन ४ र विकेटकिपर एलेक्स केरी ५३ रनमा आउट भए ।पाकिस्तानका शाहिन शाह अफ्रिदी र मिर हाम्जाले समान ४ विकेट लिए । आमेर जामलले दुई विकेट लिए ।

पाकिस्तान पहिलो इनिङमा २ सय ६४ रनमा अल आउट भएको थियो । ओपनर अब्दुल्लाह शफिकले ६२, शन मसुद ५४, बाबर आजम १ र मोहम्मद रिजवान ४२ रनमा आउट भएका थिए । अष्ट्रेलियाका प्याट कमिन्सले ५ र नाथन लायनले ४ विकेट लिएका थिए ।

त्यसअघि मेलबर्न क्रिकेट ग्राउन्डमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अष्ट्रेलिया ३ सय १८ रनमा अल आउट भएको थियो । अष्ट्रेलियाका मार्नस लाबुसेन ६३, उस्मान खवाजा ४२, डेविड वार्नर ३८, स्टिभ स्मिथ २६, मिचेल मार्श ४१ र ट्रविस हेड १७ रनमा आउट भए ।

पाकिस्तानका आमेर जामलले सर्वाधिक तीन विकेट लिए । शाहिन शाह अफ्रिदी र मिर हाम्जाले समान दुई विकेट लिए । पहिलो खेलमा अष्ट्रेलिया ३ सय ६० रनले विजयी भएको थियो । तेस्रो तथा अन्तिम खेल ३ जनवरी देखी सुरु हुनेछ ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.