default_image

2 years ago

December 29, 2023

‘हामी विश्वकप जित्नै जानी हो’- गुलशन

4117 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली सिनियर क्रिकेट टोलीको अलराउन्डर गुलशन झाले यू-१९ विश्वकपमा नेपाल उपाधि जित्न जाने बताएका छन् । यू१९ विश्वकप खेल्न नेपाल आगामी शुक्रबार दक्षिण अफ्रिका जानेछ । त्यसअघि टियु क्रिकेट मैदानमा अभ्यासमा ब्यस्त गुलशनले हाम्रो खेलकुदसँग बोल्दै उक्त प्रतिक्रिया दिएका हुन् ।

‘अव हामी प्रतियोगिता जित्नै जानी हो । कुनैपनि प्रतियोगितामा सहभागी हुन मात्रै होईन । जित्नैको लागि जानी हो । त्यो हार जितलाई अर्कै ठाउँमा राखेर आफ्नो १०० प्रतिशत दिने हो’, गुलशनले यू१९ विश्वकपमा नेपालको लक्ष्य बारे भने ।

१७ वर्षीय गुलशनको अघिल्लो महिना यू-१९ एसिया कपमा युएईविरुद्ध भने प्रदर्शन अपेक्षा सोचे अनुसार हुन सकेन । उनी पाकिस्तानसँग एक, अफगानिस्तानसँग १७ र भारतसँग ४ रनमा आउट भएका थिए । बलिङमा भने पाकिस्तान र अफगानिस्तानसँग समान दुई विकेट लिएका थिए । खेलमा तलमाथि हुने उनी बताउँछन् ।

‘खेल हो । कहिले काँही तलमाथि हुन्छ । बलिङमा राम्रो भयो । तर ब्याटिङमा खासै राम्रो गर्न सकिएन । कसरी आउट भए थाहा पाए । त्यहिँमाथि काम गरेको छु । विश्वकपमा राम्रो गरौंला’, उनले भने । त्यसैमा थपे, ‘अव अस्ति एसिया कपमा हाम्रो कमीकमजोरी जस्तो देखियो । ब्याकफुटमा हल्का संघर्ष गर्यौ । त्यसपछि आएर हामीले एकदमै कडा मिहिनेत गरेका छौं । हाम्रो राम्रो तयारी भएको छ ।’

‘विश्वकप भनेको विश्वकप हो । क्रिकेटको लागि एक सबैभन्दा उत्कृष्ट ठाउँ हो । त्यहाँ प्रदर्शन गर्ने ठूलो अवसर पनि हो । सिनियर खेलाडी टिमलाई अघि लगेर जाने एउटा जिम्मेवारी पनि हो’, गुलशनले भने । उनी आफूलाई दबाब कुनै नभएको बताउँछन् ।

‘मलाई दबाब केहि छैन । एउटा खेलाडी जहिले पनि बुझ्नुपर्छ । तलमाथि भई रहन्छ । सधैं एक हुँदैन । जति ठूलो खेलाडीलाई हेर्नुस् । तलमाथि भईरहन्छ । त्यो बेला मिहिनेत झन् बढी आवश्यक हुन्छ । मैले मिहिनेत गरि राखेको छु’, उनले भने ।

नेपाल ५ जनवरीमा दक्षिण अफ्रिका जानेछ । नेपालले १३ जनवरीमा स्कटल्यान्ड र १६ जनवरीमा वेस्टइन्डिजसँग वार्मअप खेल्नेछ । त्यसअघि नेपालले अभ्यास खेल खेल्ने तयारी गरेको छ । स्कटल्यान्ड र नामिबियासँग अभ्यास खेल खेल्ने सम्भावनाछ ।

विश्वकप १९ जनवरी देखी ११ फेब्रअरी सम्म हुनेछ । नेपालको समूह डी मा न्युजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान छन् । नेपालले पहिलो खेल २१ जनवरीमा न्युजिल्यान्डसँग खेल्नेछ ।

२४ जनवरीमा नेपालले पाकिस्तानसँग खेल्नेछ । समूह चरणको अन्तिम खेल २६ जनवरीमा अफगानिस्तानसँग खेल्नेछ । हरेक समूहका शीर्ष तीन टोली सुपर ६ मा पुग्नेछन् । समूह ए मा भारत, बंगलादेश, आयरल्यान्ड र अमेरिका छन् ।

समूह बी मा इंग्ल्यान्ड, दक्षिण अफ्रिका, वेस्टइन्डिज र स्कटल्यान्ड छन् । समूह सी मा अष्ट्रेलिया, श्रीलंका, जिम्बावे र नामिबिया छन् । समूह ए र डी का टोली सुपर ६ खेल्नेछन् । समूह बी र सी का सुपर सिक्समा हुनेछन् । हरेका समूहमा पुछारका टोलीले १२ देखी १६ औं स्थानमा लागि प्लेअफ खेल्नुपर्ने हुन्छ ।

हरेक सुपर सिक्सका शीर्ष दुई टोली सेमिफाइनल खेल्नेछन् । नेपालले भने विश्वकप खेल्ने अन्तिम टोली घोषणा गर्न बाँकी छ । यू१९ एसिया कपबाट टोलीमा परिवर्तन गर्ने सम्भावना छ ।

गुलशनको पूरा भिडियो हेर्नुहोस् :

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.