default_image

7 months ago

December 29, 2023

भारतीय टोलीमाथि रोमान्चक जित हात पार्दै पुलिस फाइनलमा

2224 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले प्रो क्लब च्याम्पियनसिपको दोस्रो सेमिफाइनल खेलमा वोन्डर्स क्लब नोयडामाथि ४ रनको रोमान्चक जित हात पार्दै फाइनलमा पुगेको छ ।

जितको लागि १ सय १३ रनको लक्ष्य पछ्याएको नोयडाले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८ रन बनायो । नोयडाका भान्स बेदीले ४० बलमा ३ चौका र २ छक्कासहित सर्वाधिक ४३ रन बनाए ।

पुलिसका स्पिनर सागर ढकालले ४ ओभरमा १ मेडनसहित १७ रन खर्चेर ३ विकेट लिए । राशिद खानले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए । ललित राजवंशी र शेर मल्लले १-१ विकेट लिए ।

त्यसअघि नारायणी क्रिकेट ग्राउन्ड बिरगंजमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पुलिसले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय १२ रन बनायो ।

पुलिसका अर्जुन साउदले ३५ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ४२ रनको योगदान दिए । सुनिल धमलाले ४५ बलमा १ चौका र १ छक्कासहित ३४, दीलिप नाथ १०, कप्तान आरिफ शेख ४ र करण केसीले ५ रन बनाए ।

नोयडाका अलिप गुप्ताले सर्वाधिक दुई विकेट लिए । पहिलो सेमिफाइनल खेलमा पर्साले त्रिभुवन आर्मी क्लबलाई ३१ रनले हराएको थियो । पुलिस र पर्साबीचको फाइनल शनिबार हुनेछ ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.