2 years ago
December 30, 2023
काठमाडौं (हाम्रो खेलकुद) – उपाधि दाबेदार नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगितामा बागमती प्रदेशलाई ४७ रनले हराएको छ । योसँगै एपिएफ सबै ७ खेलमा अपराजित रहँदै शीर्ष स्थानमा रहेर क्वालिफायर खेल्ने भएको छ ।

जितको लागि १ सय २७ रनको बलियो विजयी लक्ष्य पछ्याएको बागमतीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ७९ रन बनायो । बागमतीको सोनी पाख्रिनले ३९ बलमा सर्वाधिक २० रन बनाइन् ।
यशु पाण्डेले १८ बलमा ३ चौकासहित १७, संस्कृति फुयाँल १०, हेलिसा गुरुङ २, कन्चन श्रेष्ठ ८, अस्मिता खरेल २ र अश्मिना कर्माचार्यले ५ रन बनाइन् ।
एपिएफकी सुमन विष्टले ४ ओभरमा १८ रन खर्चेर २ विकेट लिइन् । सोनु खड्का, करुणा भण्डारी, नेरी थापा र सीता रानामगरले १–१ विकेट लिइन् ।
त्यसअघि माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको एपिएफले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय २६ रन बनाएको थियो । एपिएफको जितमा कप्तान सीता रानामगरले ५० बलमा ४ चौकासहित सर्वाधिक ४४ रन बनाइन् ।
इन्दु बर्माले २२ बलमा ३ चौकासहित २८, ज्योति पाण्डे १३, रोमा थापा १९ र ममता चौधरीले १२ रन बनाइन् । बागमतीको लागि संस्कृति फुँयाल, मनिषा उपाध्याय र सबिका कुमारी यादवले १–१ विकेट लिइन् ।
एपिएफ ७ खेलमा अपराजित रहँदै शीर्ष स्थानमा रहेर अन्त्य गरेको छ । एपिएफले अव दोस्रो स्थानको टोलीसँग पहिलो क्वालिफायर खेल्नेछ । कोशी प्रदेश ६ खेलमा १० अंकका साथ दोस्रो स्थानमा छ । सुदूरपश्चिम ७ खेलमा ५ मा जित र २ मा हारसहित १० अंकका साथ तेस्रो स्थानमा छ । कोशीले आज अन्तिम खेल लुम्बिनीसँग खेल्नेछ ।
यदि कोशी विजयी भाएमा दोस्रो स्थानमा रहेर क्वालिफायर खेल्नेछ । कोशी पराजित भएको खण्डमा बागमती, कोशी र सुदूरमध्य एक टोली नेटरनरेटमा माथि रहने शीर्ष दुईमा रहेर क्वालिफायर खेल्नेछ । तेस्रो र चौथो स्थानमा रहने टोलीले एलिमिनेटर खेल्नुपर्ने हुन्छ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]