default_image

7 months ago

December 30, 2023

गण्डकीलाई हराएसँगै सुदूरको शीर्ष दुई सम्भावना कायमै

273 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगितामा गण्डकी प्रदेशलाई २४ रनले हराउँदै शीर्ष दुईमा रहँदै क्वालिफायर खेल्ने सम्भावना कायमै राखेको छ ।

जितको १ सय २८ रनको बलियो विजयी लक्ष्य पछ्याएको गण्डकीले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १ सय ३ रन बनायो । गण्डकीको लागि सुमन खतिवडाले ४८ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ४९ रनमा अविजित रहिन् ।

सृर्जना पौडेल २१ बलमा ३ चौकासहित १५, सीमाना केसी १९, ज्योत्स्निका मरासिनीले १५ रन बनाइन् । ऋतु कनौजिया र लक्ष्मी साउदले १–१ विकेट लिइन् ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २७ रन बनाएको थियो । सुदूरको लागि सम्झना खड्काले ११ बलमा ६ चौकासहित सर्वाधिक २६ रनको आक्रामक इनिङ खेलिन् । ओपनर विन्दु रावललाई मध्यगतिकी बलर रचना चौधरीले १२ रनमा बोल्ड आउट गरेकी थिइन् ।

कुसुम गुदारको बलमा अर्की ओपनर रुवी पोदार ३ रनमा विकेटकिपर धन कुमारीबाट क्याच आउट भइन् । कविता जोशी आजको खेलमा भने चल्न सकिनन् । सुमन खतिवडाले बोल्ड आउट गर्दा उनले १९ बलमा ९ रन बनाइन् ।

रेवती धामी ३१ बलमा १ चौकासहित १८ रनमा रन आउट भइन् । कप्तान ऋतु कनौजिया १८ बलमा ३ चौकासहित २१ रनमा अविजित रहिन् । लक्ष्मी साउद १६ बलमा ३ चौकासहित १६ रनमा आउट भइन् ।

गण्डकीकी कप्तान कसुम गोदारले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिइन् । रचना चौधरीले ४ ओभरमा १६ रन २ विकेट लिइन् । सुमन खतिवडाले ४ ओभरमा १९ रन खर्चेर १ विकेट लिइन् ।

एपिएफ ७ खेलमा अपराजित रहँदै शीर्ष स्थानमा रहेर अन्त्य गरेको छ । एपिएफले अव दोस्रो स्थानको टोलीसँग पहिलो क्वालिफायर खेल्नेछ । कोशी प्रदेश ६ खेलमा १० अंकका साथ दोस्रो स्थानमा छ । सुदूरपश्चिम ७ खेलमा ५ मा जित र २ मा हारसहित १० अंकका साथ तेस्रो स्थानमा छ । कोशीले आज अन्तिम खेल लुम्बिनीसँग खेल्नेछ ।

यदि कोशी विजयी भाएमा दोस्रो स्थानमा रहेर क्वालिफायर खेल्नेछ । कोशी पराजित भएको खण्डमा बागमती, कोशी र सुदूरमध्य एक टोली नेटरनरेटमा माथि रहने शीर्ष दुईमा रहेर क्वालिफायर खेल्नेछ ।

तेस्रो र चौथो स्थानमा रहने टोलीले एलिमिनेटर खेल्नुपर्ने हुन्छ । बागमती ७ खेलमा ४ मा जित र ३ मा हारसहित ८ अंकका साथ चौथो स्थानमा रहेर एलिमिनेटर खेल्ने पक्का भएको छ ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.