default_image

2 years ago

December 30, 2023

रुविनाको सानदार प्रदर्शनमा कोशी क्वालिफायरमा

580 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कप्तान रुविना क्षेत्री बेलबासेको सानदार अलराउन्ड प्रदर्शनमा कोशी प्रदेशले प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेशलाई ७ विकेटले हराउँदै क्वालिफायरमा स्थान बनाएको छ ।

जितको लागि ७० रनको सामान्य विजयी लक्ष्य पछ्याएको कोशीले १०.२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । कोशीको जितमा रुविनाले ३४ बलमा ८ चौकासहित सर्वाधिक ४४ रनको योगदान दिइन् । काजोल श्रेष्ठ १३ रनमा आउट भइन् । लुम्बिनीको कृतिका मरासिनीले दुई र मधु डिसीले एक विकेट लिइन् ।

त्यसअघि माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको लुम्बिनीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ६९ रन बनाएको थियो । लुम्बिनीकी आश्मा पुलामी मगरले १६, कप्तान सरस्वती जिएम १७ र मनिषा रानाले १२ रन बनाइन् ।

कोशीको लागि रुविना क्षेत्री बेलबासेले ४ ओभरमा १ मेडनसहित ७ रन खर्चेर ४ विकेट लिइन् । सबनम राई, अप्सरी बेगम र एलिसा खडियाले १–१ विकेट लिइन् ।

एपिएफ ७ खेलमा अपराजित रहँदै शीर्ष स्थानमा रहेर अन्त्य गर्यो । कोशी प्रदेश ७ खेलमा १२ अंकका साथ दोस्रो स्थानमा रहेर अन्त्य गर्यो । पहिलो क्वालिफायरमा एपिएफ र कोशीबीच प्रतिस्पर्धा आइतबार हुनेछ । विजेता टोली फाइनलमा पुग्नेछ । पराजित हुने टोलीले दोस्रो एलिमिनेटर खेल खेल्न पाउनेछ ।

सुदूरपश्चिम ७ खेलमा ५ मा जित र २ मा हारसहित १० अंकका साथ तेस्रो स्थानमा रह्यो । बागमती ७ खेलमा ४ मा जित र ३ मा हारसहित ८ अंकका साथ चौथो स्थानमा रहेर एलिमिनेटर खेल्नेछ । आइतबार सुदूरपश्चिम र बागमतीबीच एलिमिनेटर प्रतिस्पर्धा हुनेछ । विजेता टोलीले पहिलो क्वालिफायरमा पराजित हुने टोलीसँग खेल्न पाउनेछ ।

November 15, 2025

नामिबियाका स्मिथ लुम्बिनी लायन्समा

काठमाडौ (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको लागि नामिबियाका अलराउन्डर जेजे (जोहानेस जोनाधान) स्मिथलाई अनुबन्ध गरेको छ । लुम्बिनीले यो सिजनका लागि अनुबन्ध गरेको स्मिथ पाँचौ विदेशी खेलाडी हुन्। लुम्बिनीले यसअघि अष्ट्रेलियाका ब्याटर डार्शी सर्द, इटलीका पेस बलर थोमस ड्राका, अफगानिस्तानका अलराउण्डर गुल्बादिन नहब र नामिवियाके बलर रुबेन ट्रम्पलम्यानलाई अनुबन्ध गरेको‌ […]

November 14, 2025

जनकपुर बोल्ट्स र म्यानेजमेन्टबीच निरन्तर सहकार्य

हेटौंडा (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को साविक विजेता जनकपुर बोल्ट्स र हेटौंडा स्कुल अफ म्यानेजमेन्ट एण्ड सोसिएल साइन्सेसबीच यो वर्ष पनि सहकार्य हुने भएको छ । जनकपुर र म्यानेजमेन्टको प्रतिनिधिले शुक्रबार हेटौंडामा सम्झौता पत्रमा हस्ताक्षर गर्दै यसवर्ष पनि सहकार्यलाई जारी राख्ने घोषणा गरेका हुन् । जनकपुरको तर्फबाट क्लबका सहलगानीकर्ता महेश सिग्देल र म्यानेजमेन्टका […]

November 14, 2025

काठमाडौं गोर्खाज र प्रभु महालक्ष्मीको सहकार्य

काठमाडौं (हाम्रो खेलकुद)- काठमान्डु गोर्खाजले प्रभु महालक्ष्मी लाइफ इन्स्योेरेन्स लिमिटेडसँग प्रायोजन सम्झौता गरेको छ । सोमबारबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजन खेल्नेक्रममा रहेको काठमान्डु गोर्खाजको लाइफ इन्सोरेन्स पार्टनरको रुपमा प्रभु महालक्ष्मी लाइफ इन्स्योेरेन्स रहने छ । काठमान्डु गोर्खाज र प्रभु महालक्ष्मी लाइफ इन्स्योेरेन्स बीच बिहीवार सम्झौता भएको छ । गोर्खाजका कार्यकारी […]

Success

Thank you for your time.