default_image

2 years ago

December 30, 2023

सुदूरपश्चिम प्रदेश छनोट : बैतडीको सानदार विजयी सुरुवात

203 views

0 Bookmark

विनोद सिंह विष्ट, बैतडी

बैतडीमा सुरु प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोट अन्तर्गत इलाइट च्याम्पियनसिपको खेलमा बैतडीले विजयी शुरूवात गरेको छ।। बैतडीले बझाङमाथि १ सय ८१ रनको विशाल जित निकाल्यो ।

जितका लागि पाएको २ सय ८१ रनको विशाल विजयी लक्ष्य पछ्याएको बझाङ १७.५ ओभरमा ९९ रनमा अल आउट भयो। उसका सनम बुढाथोकीले सर्वाधिक २६ रन बनाए। बैतडीका कप्तान रिसिकेश बोहराले ४,हिक्मत महराले ३,सन्तोश चन्दले २ विकेट लिए ।

त्यसअघि यसअघि दशरथचन्द क्रिकेट मैदान,सुन्दरखालीमा टस हारेर पहिला ब्याटिङ गरेको बैतडीले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ८० रन बनायो । जसमा प्रदीप चन्द र आयुश चन्दले अर्धशतकीय इनिङ खेलेका थिए । प्रदीप ८३ र आयुश ५९ रनमा आउट भएका थिए ।

बझाङका लागि कप्तान सञ्जय बोहरा र अभिनाश सिंहले २-२ विकेट लिए । सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको आयोजना तथा बैतडी जिल्ला क्रिकेट संघको सहआयोजनामा पुस ८ गतेदेखि प्रतियोगिता सञ्चालन भएको थियोे ।

प्रादेशिक क्रिकेट संघले यसवर्षदेखि प्लेट र इलाइट च्याम्पियनसिप गरेर दुई चरणमा प्रदेश छनौट गरिररहेको छ। गत वर्षको प्रदेश छनौटमा सेमिफाइनल पुगेका टोलीले सोझै ईलिट च्याम्पियनसिप र सेमिफाइनलमा नपुगेका टोलीले प्लेट च्याम्पियनसिप खेलेका हुन्।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.