2 years ago
December 31, 2023
काठमाडौं (हाम्रो खेलकुद) – कप्तान सीता रानामगरको आक्रामक ब्याटिङ र इन्दु बर्माको अर्धशतकमा नेपाल एपिएफ क्लबले प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगिता पहिलो क्वालिफायर खेलमा कोशी प्रदेशलाई फाइनलमा पुग्न १ सय ४० रनको बलियो लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको एपिएफले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १ सय ३९ रन बनायो । एपिएफको लागि इन्दु बर्मा ५० बलमा ३ चौका र १ छक्कासहित ५६ रनमा अविजित रहिन् । रोमा थापा १६ बलमा १८ रनमा अविजित रहिन् ।
तेस्रो विकेटका लागि रोमा र इन्दुले ५८ रनको अविजित साझेदारी गरेकी थिइन् । सीता रानामगरले ३७ बलमा ३ चौका र २ छक्कासहित ४५ रनमा रन आउट भइन् । निशा शाहले उत्कृष्ट रन आउट गर्दै पेभेलिएन फर्केकी थिइन् ।
ओपनर ज्योति पाण्डेलाई कप्तान रुविनाले १२ रनमै बोल्ड गरेकी थिइन् । दोस्रो विकेटका लागि सीता र इन्दुले ४३ रनको साझेदारी गरेका थिए । कप्तान रुविना क्षेत्रीले ४ ओभरमा १८ रन खर्चेर १ विकेट लिइन् ।
आजको विजेता टोली सोझै फाइनलमा पुग्नेछ । पराजित हुने टोलीले एलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ । एलिमिनेटर खेलमा आज दिउँसो बागमती र सुदूरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]