default_image

2 years ago

December 31, 2023

नेपालबाट टि२० आईमा सर्वाधिक रन बनाउने १० खेलाडी

1080 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका लागि २०२३ टि२० आई पनि उत्कृष्ट रह्यो । नेपालले आइसिसी विश्वकप टि२० एसिया क्षेत्र छनोटको फाइनलमा स्थान बनाउँदै विश्वकपमा स्थान बनायो ।

नेपालले २०१४ पछि पहिलो पटक टि२० विश्वकप खेल्नेछ । नेपाली सिनियर टोली ओडिआईमा अधिकाम्स ब्यस्त रहेपनि अन्त्यतिर टि२० आई खेलेको थियो ।

त्रिकोणात्मक टि२० आई सिरिज, विश्वकप छनोट एसिया र १९ औं एसियाली खेलकुद नेपालले यस वर्ष खेलेका टि२० आई खेल हुन् । २०२३ मा नेपालबाट टि२० आईमा सर्वाधिक रन बनाउने १० खेलाडी यस प्रकार छन् ।

१. रोहित पौडेल – ४ सय ३ रन

कप्तान रोहित पौडेल नेपालबाट टि२० आईमा सर्वाधिक रन बनाउने खेलाडी हुन् । रोहितले १३ खेलमा ४ अर्धशतकसहित कुल ४ सय ३ रन बनाएका थिए । जसमा २६ चौका र १८ छक्का सामेल थियो ।

२.कुशल मल्ल – ४ सय २ रन

युवा अलराउन्डर कुशल मल्लले पनि यस वर्ष टि२० आईमा उच्च प्रदर्शन गरे । यस वर्ष ओडिआई र टि२० आई दुबैमा शतक हान्ने खेलाडी पनि हुन् । कुशलले १३ खेलमा कुल ४ सय २ रन बनाएका थिए । जसमा १ शतक, २ अर्धशतकसहित २० चौका र ३४ छक्का हानेका थिए ।

कुशलले १९ औं एसियाली खेलकुदमा मंगोलियाविरुद्ध १ सय ३७ रनको अविजित इनिङ खेलेका थिए । त्यो समय उनले ३४ बलमै शतक हान्दै टि२० विश्व इतिहासकै छिटो शतक हानेका थिए ।

३. कुशल भुर्तेल – ३ सय ४२ रन

ओपनर कुशल भुर्तेलले १३ खेलमा ३ सय ४२ रन बनाए । जसमा २ अर्धशतकसहित ३७ चौका र १६ छक्का हानेका छन् । उत्कृष्ट प्रदर्शन ७४ रन छ ।

४. आसिफ शेख – ३ सय २० रन

ओपनर आसिफ शेखले यस वर्ष नेपालबाट १३ टि२० आई खेलमा कुल ३ सय २० रन बनाए । जसमा २ अर्धशतक थियो । ३४ चौका र ९ छक्का हानेका थिए । विश्वकपमा पुग्न निर्णायक खेलमा सेमिफाइनलमा युएईविरुद्ध ६४ रनको अविजित इनिङ खेलेका थिए ।

५. दीपेन्द्रसिंह ऐरी– २ सय ४१ रन

युवा अलराउन्डर दीपेन्द्रसिंह ऐरीले चोटका कारण विश्वकप छनोट भने खेल्न पाएनन् । तर त्यसअघि युएई र हङकङसँगको त्रिकोणात्मक टि२० आई सिरिजमा भने उच्च प्रदर्शन गरेका थिए ।

७ इनिङमा २ अर्धशतकसहित कुल २ सय ४१ रन बनाएका थिए । जसमा १६ चौका र १८ छक्का हानेका थिए । मंगोलियाविरुद्ध ९ बलमै दुर्लभ विश्व कीर्तिमानी शतक हानेका थिए ।

यसवर्ष टि२० आईमा सबै नेपाली खेलाडीको रन

गुलशन झा – ९ इनिङमा १ सय ४१ रन

सन्दीप जोरा – ८ इनिङमा ८८ रन

करण केसी – ४ इनिङमा ७६ रन

सोमपाल कामी – ६ इनिङमा ४३ रन

विवेक यादव ३ – इनिङमा ४२ रन

विनोद भण्डारी १३ रन

सन्दीप लामिछाने ७ रन

अभिनाश बोहरा १ रन

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.