1 year ago
December 31, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका लागि २०२३ टि२० आई पनि उत्कृष्ट रह्यो । नेपालले आइसिसी विश्वकप टि२० एसिया क्षेत्र छनोटको फाइनलमा स्थान बनाउँदै विश्वकपमा स्थान बनायो ।
नेपालले २०१४ पछि पहिलो पटक टि२० विश्वकप खेल्नेछ । नेपाली सिनियर टोली ओडिआईमा अधिकाम्स ब्यस्त रहेपनि अन्त्यतिर टि२० आई खेलेको थियो ।
त्रिकोणात्मक टि२० आई सिरिज, विश्वकप छनोट एसिया र १९ औं एसियाली खेलकुद नेपालले यस वर्ष खेलेका टि२० आई खेल हुन् । २०२३ मा नेपालबाट टि२० आईमा विकेट लिने १३ खेलाडीहरु यस प्रकार छन् ।
१. अभिनाश बोहरा – २४ विकेट
नेपालका डेथ ओभर स्पेलिष्ट बलर अभिनाश बोहरा यस वर्ष टि२० आईमा सर्वाधिक विकेट लिने बलर हुन् । अभिनाशले १२ खेलमा ४४.४ ओभरमा ३ सय ३० रन खर्चेर २४ विकेट लिएका थिए । १९ औं एसियाली खेलकुदमा माल्दिभ्सविरुद्ध एकै खेलमा ६ विकेट लिएका थिए ।
२. करण केसी – १९ विकेट
तीव्र गतिका बलर करण केसीले १२ खेलमा ४०.५ ओभर बलिङ गर्दै कुल ३ सय ५५ रन खर्चेर १९ विकेट लिएका थिए । जसमा उत्कृष्ट प्रदर्शन ४–१५ थियो ।
३. सोमपाल कामी – १४ विकेट
तीव्र गतिका बलर सोमपाल कामीले १३ टि२० आई खेलमा ३९.३ ओभरमा २ सय ६९ रन खर्चेर कुल १४ विकेट लिए । जसमा उत्कृष्ट प्रदर्शन २–१० थियो ।
४.सन्दीप लामिछाने – १३ विकेट
स्पिनर सन्दीप लामिछानेले यस वर्ष मात्रै ८ खेलमा २९ ओभर बलिङ गर्दै कुल १ सय ६५ रन खर्चेर १३ विकेट लिएका थिए । जसमा उत्कृष्ट प्रदर्शन २–७ थियो ।
५.गुलशन झा – ११ विकेट
तीव्र गतिका बलर गुलशन झा नेपालबाट टि२० आईमा यस वर्ष कुल ११ विकेट लिए । गुलशनले १३ खेलमा ३६ ओभर बलिङ गर्द कुल २ सय २१ रन खर्चेका थिए । उत्कृष्ट प्रदर्शन २–११ थियो ।
कुशल मल्ल – ५ विकेट
दीपेन्द्रसिंह ऐरी – ४ विकेट
कुशल भुर्तेल, रोहित पौडेल र ललित नारायण राजवंशी २-२ विकेट
प्रतिश जि.सी., विवेक यादव र श्याम ढकाल १-१ विकेट ।
January 21, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा पहिलो हार बेहोरेको छ । लगातार ४ जित हात पारेको डेजर्टले सोमवार राती भएको खेलमा दुबई क्यापिटल्ससँग ६ विकेटको हार बेहोरेको हो । डेजर्टले ५ खेल खेलिसक्दा कुशलले डेब्युको अवसर पाएका छैनन् । १ सय ४० रनको लक्ष्य क्यापिटल्सले […]
January 20, 2025
काठमाडौं(हाम्रो खेलकुद) – लोकेश बमको विष्फोटक ब्याटिङमा त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले जय नेपाल कपमा विजयी सुरुवात गरेको छ । जय नेपाल कपको पहिलो खेलमा सोमवार त्रिविले बिहार विश्वविद्यालयलाई ८ विकेटले हरायो। पहिले ब्याटिङ गरेको बिहारले १७.३ ओभरमा १ सय ३४ रन बनाउँदै अल आउट भयो । बिहारका लागि विशाल राजले ४२ तथा इमरान हास्मीले ४१ […]
January 20, 2025
काठमाडौं (हाम्रो खेलकुद) – कप्तान रुबिना क्षेत्रीको अर्धशतक सहयोगमा कोशी प्रदेशले कैलालीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशमाथि सहज जित हात पारेको छ । सोमवार दिनको दोस्रो खेलमा कोशीले लगातार दोस्रो जित हासिल गर्ने क्रममा मधेशलाई ४७ रनले पराजित गरेको हो । कोशीले दिएको १ सय ७ रनको लक्ष्य पछ्याएको मधेश निर्धारित […]