default_image

7 months ago

January 2, 2024

एसिसी टि२० प्रिमियर कप ओमान र युएईमा हुने सम्भावना

14679 views

0 Bookmark

एजेन्सी – दोस्रो संस्करणको एसिसी टि२० प्रिमियर कप आगामी अप्रिलमा युएई र ओमानमा हुने सम्भावना छ । टि२० एसिया कप छनोटको लागि प्रिमियर कप यी दुई देशमा आयोजना गर्न एसियन क्रिकेट काउन्सील (एसिसी) ले प्रस्ताव गरेको छ ।

नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले युएई र ओमानमा गर्ने प्रस्ताव भएको हाम्रो खेलकुदलाई जानकारी दिएका छन् । अप्रिल दोस्रो साता देखी सुरु हुने उक्त प्रतियोगिता विजेताले एसिया कप टि२० खेल्न पाउनेछ । एसिया कपमा भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तान जस्ता टेस्ट टोलीसँग खेल्ने अवसर पाउनेछन् ।

टि२० विश्वकप आगामी जुन ४ देखी ३० सम्म वेस्टइन्डिज र अमेरिकामा आयोजना हुँदैछ । त्यसअघि एसिया कप हुनेछ । एसिया कप कहाँ हुने टुङ्गो लाग्न बाँकी छ । एसिसी प्रिमियर कपमा नेपालसहित बहराइन, हङकङ, कुवेत, मलेसिया, ओमान, कतार, युएई र छनोटबाट आउने दुई टोली हुनेछन् । चन्दका अनुसार एक समूहका खेल ओमान र अर्को युएईमा हुनेछन् । सेमिफाइनल र फाइनल भने युएईमा हुने प्रस्ताव गरिएको छ ।

प्रस्ताव अनुसार नेपालको समूहमा हङकङ, मलेसिया, कतार र छनोटबाट आउने एक टोली हुनेछन् । यो समूह फेरबदल हुने सम्भावना पनि रहन्छ । नेपाल एसिया कपमा पुग्न उपाधि जित्नुपर्ने हुन्छ । नेपाल, युएई र ओमान त्यसका प्रमुख दाबेदार टोली हुन् । नेपालले गत वैशाखमा घरेलु मैदान टियुमा सम्पन्न एसिसी प्रिमियर कपको उपाधि जित्दै पहिलो पटक एसिया कप खेलेको थियो ।

एसिया कपमा नेपालले पहिलो पटक भारत र पाकिस्तानसँग खेल्ने अवसर पाएको थियो । त्यो समय एसिया कप ५० ओभरको भएको थियो । विश्वकप अनुसार टि२० र एकदिवसीय हुने गर्दछ ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.