2 years ago
January 2, 2024
एजेन्सी – दोस्रो संस्करणको एसिसी टि२० प्रिमियर कप आगामी अप्रिलमा युएई र ओमानमा हुने सम्भावना छ । टि२० एसिया कप छनोटको लागि प्रिमियर कप यी दुई देशमा आयोजना गर्न एसियन क्रिकेट काउन्सील (एसिसी) ले प्रस्ताव गरेको छ ।

नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले युएई र ओमानमा गर्ने प्रस्ताव भएको हाम्रो खेलकुदलाई जानकारी दिएका छन् । अप्रिल दोस्रो साता देखी सुरु हुने उक्त प्रतियोगिता विजेताले एसिया कप टि२० खेल्न पाउनेछ । एसिया कपमा भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका र अफगानिस्तान जस्ता टेस्ट टोलीसँग खेल्ने अवसर पाउनेछन् ।
टि२० विश्वकप आगामी जुन ४ देखी ३० सम्म वेस्टइन्डिज र अमेरिकामा आयोजना हुँदैछ । त्यसअघि एसिया कप हुनेछ । एसिया कप कहाँ हुने टुङ्गो लाग्न बाँकी छ । एसिसी प्रिमियर कपमा नेपालसहित बहराइन, हङकङ, कुवेत, मलेसिया, ओमान, कतार, युएई र छनोटबाट आउने दुई टोली हुनेछन् । चन्दका अनुसार एक समूहका खेल ओमान र अर्को युएईमा हुनेछन् । सेमिफाइनल र फाइनल भने युएईमा हुने प्रस्ताव गरिएको छ ।
प्रस्ताव अनुसार नेपालको समूहमा हङकङ, मलेसिया, कतार र छनोटबाट आउने एक टोली हुनेछन् । यो समूह फेरबदल हुने सम्भावना पनि रहन्छ । नेपाल एसिया कपमा पुग्न उपाधि जित्नुपर्ने हुन्छ । नेपाल, युएई र ओमान त्यसका प्रमुख दाबेदार टोली हुन् । नेपालले गत वैशाखमा घरेलु मैदान टियुमा सम्पन्न एसिसी प्रिमियर कपको उपाधि जित्दै पहिलो पटक एसिया कप खेलेको थियो ।
एसिया कपमा नेपालले पहिलो पटक भारत र पाकिस्तानसँग खेल्ने अवसर पाएको थियो । त्यो समय एसिया कप ५० ओभरको भएको थियो । विश्वकप अनुसार टि२० र एकदिवसीय हुने गर्दछ ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को प्ले अफमा प्रवेश गर्न सफल भएको छ। यो सँगै प्ले अफ समीकरण पूरा भएको छ। लुम्बिनीले साविक विजेता जनकपुर बोल्ट्सलाई ४ विकेटले हराएसँगै जनकपुर, चितवन राइनोज र पोखरा राइनोज पनि लिग चरणबाट बाहिरिए। सुदूरपश्चिम रोयल्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी शीर्ष ४ मा […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको प्ले अफमा पुग्नका लागि लुम्बिनी लायन्सले जनपुर बोल्ट्सबाट १ सय ३३ रनको सहज चुनौती पाएको छ। टस जितेर जनकपुरका कप्तान जान निकोल लोफ्टीले पहिले ब्याटिङ रोजे। जनकपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको योगफल बनायो। महत्वपुर्ण खेलमा जनकपुरले पहिलो पावर प्लेको सदुपयोग गर्न […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज लुम्बिनी लायन्स र जनपुर बोल्ट्सबीचको खेल हुँदैछ। टियु क्रिकेट मैदानमा टस जितेर जनकपुरले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। जनकपुरले आज कप्तान परिवर्तन गर्दै जान निकोल लोफ्टीलाई जिम्मेवारी दिएको छ। यसअघि दुई खेलमा वायन पार्नेलले कप्तानको जिम्मेवारी निभाएका थिए। यसअघि भने अनिल साह कप्तान […]