default_image

7 months ago

January 3, 2024

अन्तिम खेलमा युएईलाई हराउँदै अफगानिस्तानलाई उपाधि

1170 views

0 Bookmark

एजेन्सी – अफगानिस्तानले अन्तिम तथा तेस्रो टि२० आई खेलमा युएईलाई ४ विकेटले हराउँदै सिरिज उपाधि जितेको छ । तीन खेलको सिरिज अफगानिस्तानले २-१ ले जितेको हो ।

जितको लागि १ सय २७ रनको मध्यम विजयी लक्ष्य पछ्याएको अफगानिस्तानले १८.३ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो ।
अफगानिस्तानको जितमा ओपनर हज्रतुल्लाह जजाईले ३२ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ३६, रहमानउल्लाह गुरबाजले २०, इब्राहिम जद्रान २३, आजमतुल्लाह ओमरजाई १६ र मोहम्मद नाबी १ रनमा आउट भए । नाजिबुल्लाहा जद्रान १३ बलमा २ चौका र २ छक्कासहित २८ रनमा नट आउट रहे ।

युएईका तीव्र गतिका बलर जुनैद सिद्दिकले सर्वाधिक दुई विकेट लिए । आयन खान, ध्रुव पराशर, अली नासिर र मोहम्मद जवादुल्लाहले १-१ विकेट लिए ।

त्यसअघि शारजाहमा टस जितेर पहिला ब्याटिङ रोजेको युएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २६ रन बनाएको थियो । युएईका ओपनर तथा कप्तान मोहम्मद वासिमले २५ बलमा ४ चौकासहित सर्वाधिक २७ रन बनाए ।

अली नासिर २१, बासिल हामिद १२, आयन खान र अकिफ राजाले १०-१० रन बनाए । मोहम्मद जवादुल्लाहले १३ रन जोडे ।

अफगानिस्तानका युवा तीव्र गतिका बलर नविन उल हकले ४ ओभरमा २० रन खर्चेर ४ विकेट लिए । क्विस अहमदले ४ ओभरमा २४ रन खर्चेर ३ विकेट लिए । आजमतुल्लाह ओमरजाईले २ विकेट लिए । पहिलो खेलमा अफगानिस्तान ७२ रनले विजयी हुँदा दोस्रो खेल ११ रनले गुमाएको थियो ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.