2 years ago
January 3, 2024
काठमाडौं (हाम्रो खेलकुद) – प्रमुख ब्याटर इन्दु बर्माको अर्धशतकमा नेपाल एपीएफ क्लबले प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगिता फाइनलमा कोशी प्रदेशलाई १ सय १५ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको एपीएफले निर्धारित २० ओभरमा ७ विकेट गुमाृउँदै १ सय १४ रन बनायो । एपीएफकी इन्दु बर्माले ४७ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ५३ रनको योगदान दिइन् ।
अप्सरी बेगमले अन्तिम ओभरमा ह्याट्रिक लिँदै कोशीलाई खेलमा फर्काएकी थिइन् । अन्तिम ओभरको पहिलो बल इन्दु बर्मा नम्रता श्रेष्ठबाट प्वाइन्टमा क्याच आउट भइन् । दोस्रो बलमा नेरी स्टम्पिङ आउट भइन् । तेस्रो बलमा सोनु खड्कालाई बोल्ड गर्दै ह्याट्रिक लिइन् । यस प्रतियोगिता पहिलो ह्याट्रिक पनि हो ।
मध्यगतिकी बलर एलिसा खडियाले चौथो ओभरको तेस्रो बलमा सीता रानामगरलाई १ रनमा बोल्ड आउट गरिन् । थोरै अघि बढेर ठूलो सर्ट खेल्ने धुनमा बोल्ड भएकी थिइन् ।

टियु एण्डबाट आएकी निशा शाहको १० औं ओभरको पहिलो बलमा ज्योति पाण्डे लङअनमा रुविना क्षेत्रीबाट २७ रनमा क्याच आउट भइन् । उनले ३० बलमा ३ चौका प्रहार गरिन् । रोमा थापा १४ र ममता चौधरी ३ रनमा आउट भइन् ।
कोशीकी अप्सरी बेगमले ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिइन् । एसिला खडियाले ४ ओभरमा १५ रन खर्चेर २ विकेट लिइन् । रुविना क्षेत्री र निशा शाहले १-१ विकेट लिइन् । प्रतियोगिता विजेताले ५ लाख र उपविजेताले ३ लाख प्राप्त गर्नेछन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]