default_image

7 months ago

January 3, 2024

कोशीलाई हराउँदै एपीएफ च्याम्पियन

1356 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपीएफ क्लबले प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगिता फाइनलमा कोशी प्रदेशलाई ११ रनले हराउँदै उपाधि जितेको छ । विजेता एपीएफले पाँच र उपविजेता कोशीले तीन लाख प्राप्त गर्नेछन् ।

जितको लागि १ सय १५ रनको विजयी लक्ष्य पछ्याएको कोशी प्रदेशले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ३ रन बनायो । कोशीकी कप्तान रुविना क्षेत्री बेलबासेले ५८ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ६२ रन बनाएपनि जितको लागि पर्याप्त हुन सकेन ।

अन्तिम ६ बलमा जितको लागि १६ रन चाहिँदा करुणा भण्डारीको पहिलो बलमा स्टम्पिङ आउट गरेपछि जितको सम्भावना टाढिएको थियो ।

ओपनर अप्सरी बेगम ८ रनमा रन आउट भइन् । दोस्रो विकेटका लागि रुविना र काजोलले ६० रनको साझेदारी गरेका थिए । काजोल १७ औं ओभरको पहिलो बलमा सीताको बलमा २२ रनमा बोल्ड आउट भएकी थिइन् । त्यो बोल्ड आउट खेलको टर्निङ प्वाइन्ट बन्यो । एपीएफको जितमा करुणा भण्डारी र सीता रानामगरले १-१ विकेट लिइन् ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको एपीएफले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियो । एपीएफकी इन्दु बर्माले ४७ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ५३ रनको योगदान दिइन् ।

अप्सरी बेगमले अन्तिम ओभरमा ह्याट्रिक लिँदै कोशीलाई खेलमा फर्काएकी थिइन् । तर ब्याटिङ नचल्दा च्याम्पियन बन्न सकेन ।

अन्तिम ओभरको पहिलो बल इन्दु बर्मा नम्रता श्रेष्ठबाट प्वाइन्टमा क्याच आउट भइन् । दोस्रो बलमा नेरी स्टम्पिङ आउट भइन् । तेस्रो बलमा सोनु खड्कालाई बोल्ड गर्दै ह्याट्रिक लिइन् । यस प्रतियोगिता पहिलो ह्याट्रिक पनि थियो ।

मध्यगतिकी बलर एलिसा खडियाले चौथो ओभरको तेस्रो बलमा सीता रानामगरलाई १ रनमा बोल्ड आउट गरिन् । थोरै अघि बढेर ठूलो सर्ट खेल्ने धुनमा बोल्ड भएकी थिइन् ।

टियु एण्डबाट आएकी निशा शाहको १० औं ओभरको पहिलो बलमा ज्योति पाण्डे लङअनमा रुविना क्षेत्रीबाट २७ रनमा क्याच आउट भइन् । उनले ३० बलमा ३ चौका प्रहार गरिन् । रोमा थापा १४ र ममता चौधरी ३ रनमा आउट भइन् ।

कोशीकी अप्सरी बेगमले ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिइन् । एसिला खडियाले ४ ओभरमा १५ रन खर्चेर २ विकेट लिइन् । रुविना क्षेत्री र निशा शाहले १–१ विकेट लिइन् । लिग र क्वालिफायर दुबै खेलमा कोशी एपीएफसँग हारेको थियो ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.