2 years ago
January 3, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीकी ओपनर तथा विकेटकिपर ज्योति पाण्डेलो राष्ट्रिय र घरेलु दुबै क्रिकेटबाट सन्न्यास लिएकी छिन् । प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगिता फाइनलमा कोशी प्रदेशलाई हराउँदै उपाधि जितेसँगै उनले सन्न्यास लिएकी हुन् ।

उनलाई उपाधि जितेपछि टियु क्रिकेट मैदानमा एपीएफको टोलीले गार्डअफ अर्नरको सम्मान पनि दिएको थियो । खेल उनले नेपाल र घरेलु दुबैबाट सन्न्यास लिएको जानकारी दिएकी छिन् । ज्योतिले नेपालबाट १७ महिला टि२० आई खेल खेलेकी छिन् ।
विराटनगरकी ज्योतिले सन् २०११ देखि लगातार एपिएफबाट खेल्दै आएकी थिइन् । ज्योतिले सन् २०१६ मा थाईल्यान्डमा भएको एसिसी वुमन्स एसिया कपमा पाकिस्तानविरुद्ध सिनियर डेब्यू गरेकी थिइन् । अन्तिम खेल २०२३ जुनमा मलेसियाविरुद्ध खेलिन् ।
ज्योति पाण्डेको पूरा क्रिकेट जीवनी पढ्नुहोस् : चम्कने अवसर नै नपाएकी ‘ज्योति’
December 6, 2025
एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले पाँचौं स्थानमा रहँदै नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको अन्त्य गरेको छ। पोखराले ७ मध्ये तेस्रो जित निकाल्दै एनपिएलको यात्राको अन्त्य गरेको हो। एडम रोसिङ्गटन र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखराले चितवन राइनोजलाई ८ विकेटको फराकिलो अन्तरमा हरायो। जितको लागि १ सय २१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा पूरा […]
December 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई जितको लागि १ सय २१ रनको चुनौती दिएको छ। टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २० रन बनायो। जारी एनपिएलमा पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि जनकपुरले काठमाडौं गोर्खाजविरुद्ध १ सय […]