default_image

7 months ago

January 3, 2024

सुमन उत्कृष्ट ब्याटर, ज्योत्स्निका उदीयमान

400 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशका दुई युवा खेलाडी सुमन खतिवडा र ज्योत्स्निका मरासिनीले प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगितामा ब्यक्तिगत अवार्ड जितेका छन्।

सुमन उत्कृष्ट ब्याटर र ज्योत्स्निका उदीयान खेलाडी घोषित भए । सुमनले ५० हजार प्राप्त गर्नेछिन् । ज्योत्स्निकाले ५० हजार बराबर क्रिकेट सामाग्री प्राप्त गर्नेछिन् ।

सुमनले ७ खेलमा २ सय १२ रन बनाएकी थिइन् । ज्योत्स्निकाले ९१ रन बनाएकी थिइन् । ज्योत्स्निकाले कर्णालीविरुद्ध अर्धशतक पनि प्रहार गरेकी थिइन् ।

कोशीकी कप्तान रुविना क्षेत्री बेलबासे सवोत्कृष्ट खेलाडी चुनिएकी छिन् । कोशीलाई फाइनल सम्म पुर्याउन रुविनाले सानदार अलराउन्ड प्रदर्शन गरेकी थिइन् ।

उनले यमाह १२५ सिसीको स्कुटर प्राप्त गर्नेछिन् । रुविनाले यस प्रतियोगितामा १० खेलमा ३ अर्धशतकसहित कुल ३ सय ४५ रन बनाइन् । रुविनाले बलिङमा ११ विकेट लिएकी थिइन् ।

प्रतियोगिता उत्कृष्ट बलर पुजा महतो चुनिन् । पुजाले ७ खेलमा १२ विकेट लिएकी थिइन् । उनले ५० हजार प्राप्त गर्नेछिन् । उनले ७ खेलमा २६।३ ओभरमा ९६ रन खर्चेर १२ विकेट लिएकी थिइन् । पुजाले ५० हजार प्राप्त गर्नेछन् ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.