default_image

7 months ago

January 3, 2024

आमिरको सानदार ब्याटिङमा पाकिस्तानको बलियो योगफल

2021 views

0 Bookmark

एजेन्सी – तीव्र गतिका बलर आमिर जामलको सानदार ब्याटिङमा पाकिस्तानले तेस्रो तथा अन्तिम टेस्ट खेलमा घरेलु टोली अष्ट्रेलियाविरुद्ध बलियो योगफल बनाएको छ ।

सिड्नीमा टस जितेर पहिला ब्याटिङ रोजेको पाकिस्तान पहिलो इनिङमा ३ सय १३ रनमा अल आउट भयो । पाकिस्तानका मोहम्मद रिजवानले १ सय ३ बलमा १० चौका र २ छक्कासहित सर्वाधिक ८८ रन बनाए ।

नवौं नम्बरमा ब्याटिङमा आएका आमिर जामलले ९७ बलमा ९चौका र ४ छक्कासहित एक यादगार इनिङ खेले ।
अन्तिम विकेटका लागि जामलले मिर हाम्जासँग ८६ रनको साझेदारी गरेका थिए ।

हाम्जा ४३ बलमा ७ रनमा नट आउट रहे । अघा सलमान ६७ बलमा ८ चौकासहित ५३, बाबर आजम २६, शन मसुद ३५, साउद सकिल ५, ओपनर अब्दुल्लाह शफिक र सैम अयुबले खाता खोल्न सकेनन् ।

अष्ट्रेलियाका प्याट कमिन्सले सर्वाधिक ५ विकेट लिए । मिचेल स्टार्कले दुई, जोश हेजलवुड, नाथन लायन र मिचेल मार्शले १–१ विकेट लिए । अष्ट्रेलिया पहिलो इनिङमा ६ रन बनाउदा पहिलो दिनको खेल सकिएको छ । तीन खेलको सिरिजमा अष्ट्रेलिया २–० ले अघि छ ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.