default_image

7 months ago

January 3, 2024

अन्तिम ६ विकेट कुनै रन नजोडी गुमाउँदा भारत नाटकीय रुपमा अल आउट

8385 views

0 Bookmark

एजेन्सी – अन्तिम ११ बलमा कुनै रन नजोडी ६ विकेट गुमाएपछि भारत दोस्रो टेस्ट खेलमा घरेलु टोली दक्षिण अफ्रिकासँग १ सय ५३ रनमा अल आउट भएको छ । केप टाउनमा जारी खेलमा भारतले पहिलो इनिङमा ९८ रनको अग्रता लियो ।

दक्षिण अफ्रिकालाई पहिलो सेसनमै ५५ रनमा अल आउट गरेको भारतले राम्रो प्रदर्शन गरेको थियो । भारत पहिलो इनिङमा ३४.५ ओभरमा १ सय ५३ रनमा अल आउट भयो । भारत एक समय ३३ ओभरमा १५३-४ को अवस्थामा रहेपनि त्यसपछि बाँकी ११ बलमा कुनै रन नजोड्दै ६ विकेट गुमाएको थियो ।

भारतका लागि विराट कोहलीले ५९ बलमा ६ चौका र १ छक्कासहित सर्वाधिक ४६ रन बनाए । शुभमन गिल ३६ रोहित शर्मा ३९ रनमा आउट भए । श्रेयस ऐर, रविन्द्र जडेजा, जस्प्रित बुमराह, मोहम्मद शिराज र प्रसिद्ध कृष्णाले खाता खोल्न सकेनन् ।
३४ औं ओभरको पहिलो बलमा लुन्गी एनगिडीले लोकेश राहुललाई क्याच आउट गराए ।

त्यसपछि नाटकीय रुपमा एकपछि अर्को विकेट गुमाएको थियो । त्यसै ओभरको तेस्रो बलमा जडेजा र पाँचौं बलमा बुमराह क्याच आउट भए । अर्को ओभरमा रबाडाले विराट कोहली, चौथो बलमा शिराज र पाँचौं बलमा कृष्णा आउट गर्दै अल आउट गरे । भारतका ७ खेलाडी शून्यमा आउट भए । दक्षिण अफ्रिकाका कागिसो रबाडा, लुन्गी एनगिडी र नान्द्रे बर्गरले समान तीन विकेट लिए ।

त्यसअघि केप टाउनमा टस जितेर पहिला ब्याटिङ रोजेको दक्षिण अफ्रिका २३.२ ओभरमा ५५ रनमा अल आउट भएको थियो । दक्षिण अफ्रिकाका कायल भेरेयानले सर्वाधिक १५ रन बनाए । डेविड बेडिंघमले १२, टोनी डी जोर्जी २ र डिएन एल्गर ४ रनमा आउट भए ।

भारतको सानदार बलिङ सामु दक्षिण अफ्रिकाका ९ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । भारतका मोहम्मद शिराजले ९ ओभरमा ३ मेडनसहित १५ रन खर्चेर ६ विकेट लिए । जस्प्रित बुमराह र मुकेश कुमारले २(२ विकेट लिएका थिए । दुई खेलको सिरिजमा दक्षिण अफ्रिका १(० ले अघि छ । पहिलो खेलमा दक्षिण अफ्रिका ३२ रनको इनिङ अन्तरले विजयी भएको थियो ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.