7 months ago
January 3, 2024
विनोद सिंह विष्ट, धनगढी
प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोट अन्तर्गत इलाइट च्याम्पियनसिपमा कञ्चनपुरले अछामलाई ६ विकेटले हराउँदै लगातार तेस्रो जित हात पारेको छ ।
जितका लागि पाएको ९० रनको सामान्य लक्ष्य कञ्चनपुरले १७.२ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो । जसमा किरन ठगुन्नाले ३१ र प्रकाश पाण्डेले अविजित २५ रनको योगदान गरे। अछामका रोहित खड्काले २, युवराज खत्री र अभिषेक चौधरीले १-१ विकेट लिए ।
त्यसअघि फाप्ला मैदानमा बिहान ९ बजेदेखि शुरू हुने भनिएको ५० ओभरको खेल बाक्लो हुस्सु लागेकाले निर्धारित समयभन्दा ढिला सुरू हुँदा २८ ओभरमा झारिएको थियो ।
अछामले टस जितेर पहिला ब्याटिङ गरेको २३.२ ओभरमा ८९ रनमा समेटियो । उसका सुरज तिरूवाले ३० तथा युवराज खत्रीले २० रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन समेत जोड्न सकेनन् । अछामलाई सस्तैमा समेट्न कञ्चनपुरका दीपक चन्द एक्लैले ५ विकेट लिए । यस्तै भरत चन्दले ३ विकेट झारे।
यो जितसंगै कञ्चनपुर ६ अंकका साथ शिर्ष स्थानमा पुग्दै फाइनलको सम्भावना बलियो बनाएको छ। कञ्चनपुरले अब अन्तिम खेल शनिबार बैतडीसँग खेल्नेछ। लगातार तेस्रो हार व्यहोरेको अछाम भने प्रतियोगिताबाटै बाहिरिसकेको छ। उसले अन्तिम खेल अब शुक्रबार बझाङसँग खेल्नेछ।
दुईखेलमा दुबै जितेको बैतडी अंकतालिकाको दोस्रो स्थानमा छ। एकमा हार र एकमा जित निकालेको कैलाली तेस्रो र दुबै खेल हारेको बझाङ पुछारबाट दोस्रो स्थानमा छ । सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको आयोजनामा पुस १४ गतेदेखि शुरू भएको प्रतियोगिता पुस २४ गते सम्पन्न हुनेछ ।
July 26, 2024
एजेन्सी – आयोजक श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]
July 26, 2024
एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो। ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]
July 26, 2024
एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो। टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]