1 year ago
January 4, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले २०२४ मा क्यानडासँग ७ ओडिआई खेल खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आफ्नो २०२४ को वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ । आइसिसी विश्वकप लिग– २ र सिरिज गरि नेपालले क्यानडासँग ७ ओडिआई खेल खेल्ने भएको हो ।
नेपालले आइसिसी विश्वकप लिग २ मा २ र सिरिज गरि ५ गरि कुल ७ खेल खेल्ने भएको हो । नेपालले फेब्रुअरी १० देखी १४ सम्म क्यानडासँग तीन खेलको ओडिआई सिरिज घरेलु मैदानमा खेल्नेछ ।
त्यसपछि नेपालले १७ फेब्रअरी देखी २४ सम्म नेदरल्यान्ड्स र नामिबियासँगग लिग २ सिरिज खेल्नेछ । उक्त लिग २ अघि क्यानडासँग सिरिज खेल्न लागेको हो ।
नेपालले सेप्टेम्बरमा क्यानडामा गएर आइसिसी विश्वकप लिग २ सिरिज खेल्नेछ । उक्त लिग २ मा नेपाल, क्यानडा र ओमान हुनेछन् । त्यसपछि नेपालले जुलाई अगष्टमा क्यानडासँग उसको घरेलु मैदानमा दुई ओडिआई खेलको सिरिज खेल्नेछ ।
त्यस्तै नेपालले सेप्टेम्बरमा नेपाल, ओमान र क्यानडाबीच त्रिकोणात्मक टि२० आई सिरिज पनि खेल्ने भएको छ । नेपालले फेब्रुअरी ५ देखी २५ मार्चमा टियुमा क्यानडा ए र नेपाल ए बीच सिरिज खेल्ने कार्यक्रम पनि छ ।
February 16, 2025
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को खेल तालिका आइतवार सार्वजनिक भएको छ । साविक विजेता कोलकाता नाइट राइडर्सको घरेलु मैदानमा सिजनको पहिलो खेल हुँदैछ । मार्च २२ मा इडन गार्डेनमा कोलकाता र रोयल च्यालेन्जर्स बेंगलुरुका बीचमा पहिलो खेल हुनेछ । यसपटकको फाइनल साविक विजेता कोलकाताको घरेलु मैदानमा हुनेछ । फाइनल मे २५ मा […]
February 16, 2025
एजेन्सी – विश्व कप लिग टु अन्तर्गतको खेलमा ओमानले नामिबियालाई पराजित गरेको छ । ओमानले आइतवार नामिबियामाथि २ विकेटको जित हासिल गरेको छ । नामिबियाको विश्व कप लिग टुमा १६ खेलमा १०औं हार हो । लिग टुको सुरुवाती ५ मध्ये ४ खेल जितेको थियो । नामिबियाले पछिल्लो ५ खेलमा २ मा मात्र जित हासिल गरेको […]
February 15, 2025
काठमाडौं(हाम्रो खेलकुद) – रिक्त रहेको नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला भएको छ । नेपाल क्रिकेट संघ(क्यान) ले शनिवार मुख्य प्रशिक्षकका लागि आवेदन खुला गरेको हो । क्यानका अनुसार आगामी १६ गतेसम्म मुख्य प्रशिक्षकका लागि आवेदन दिन सकिनेछ । क्यानले जनाए अनुसार मुख्य प्रशिक्षकका लागि कम्तिमा पनि ईसिबी वा सिए बाट लेभल ३ […]