default_image

7 months ago

January 4, 2024

नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीच त्रिकोणात्मक टि२० आई सिरिज हुने

1574 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आगामी महिना अन्तिममा नेदरल्यान्ड्स र नामिबियासँग त्रिकोणात्मक टि२० आई खेलको सिरिज खेल्ने भएको छ । आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजपछि टि२० आई त्रिकोणात्मक सिरिज पनि खेल्ने भएको छ ।

नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीच लिग २ को खेल फेब्रुअरी १७ देखी २४ सम्म नेपालमा आयोजना हुँदैछ । त्यसपछि फेब्रुअरी २७ देखी ५ मार्चसम्म टि२० आई त्रिकोणात्मक सिरिज पनि खेल्ने भएको छ । उक्त त्रिकोणात्मक सिरिज डबल राउन्ड रोविनको आधारमा हुनेछ । शीर्ष दुई टोली फाइनल खेल्नेछन् ।

नेपालले लिग २ मा सेप्टेम्बरमा क्यानडामा गएर खेल्नेछ । क्यानडामा नेपाल र ओमान हुनेछन् । यस वर्ष अन्तिम लिग २ त्रिकोणात्मक सिरिज अक्टोबरमा नेपाल, अमेरिका र स्कटल्यान्डबीच हुनेछ । उक्त सिरिज अमेरिकामा हुनेछ ।

क्यालेन्डर अनुसार नेपालले मार्च ६ देखी १२ सम्म चार देश सम्मिलित टि२० आई सिरिज पनि खेल्नेछ । मार्च १९ देखी ३० सम्म घरेलु मैदानमा नेपाल ए र आयरल्यान्ड ए बीच पाँच एकदिवसीय र तीन टि२० खेलको सिरिज पनि खेल्नेछ ।

सेप्टेम्बरमा क्यानडा, ओमान र नेपालबीच क्यानडामा त्रिकोणात्मक टि२० आई सिरिज पनि हुनेछ । अक्टोबरमा नेपाल, अमेरिका र स्कटल्यान्डबीच त्रिकोणात्मक टि२० आई सिरिज पनि हुनेछ । उक्त सिरिज अमेरिकामा हुनेछ ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.