default_image

7 months ago

January 4, 2024

नेपालले २०२४ मा टेस्ट टोलीसँग सिरिज खेल्न नसक्नु बारे पारसको धारणा

5585 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले २०२४ को आफ्नो वार्षिक क्यालेन्डर सार्वजनिक गर्दा टेस्ट टोलीसँग कुनैपनि खेल छैन । टेस्ट टोलीको ए सँग सिरिज भएपनि प्रमुख टोलीसँग खेल्ने कुनैपनि कार्यक्रम छैन ।

नेपालले टेस्ट टोलीको रुपमा १९ मार्च देखी ३० अप्रिल सम्म आयरल्यान्ड ए र नेपाल ए बीच घरेलु मैदानमा सिरिज खेल्नेछ । उक्त सिरिजमा पाँच एकदिवसीय र तीन टि२० हुनेछ ।

नेपालले २० मार्च देखी ५ अप्रिल सम्म घरेलु मैदानमा टि२० सिरिज खेल्न बंगलादेश, अफगानिस्तान र श्रीलंका ए जस्ता देशसँग प्रस्ताव गरेको छ । अन्य नेपालको टेस्ट टोलीसँग २०२४ मा कुनैपनि खेल घरेलु मैदानमा छैन । विदेशमा पनि टि२० विश्वकप बाहेक अन्य हालसम्म देखिएको छैन ।

नेपालका पूर्वकप्तान तथा क्यानका सचिव पारस खड्काले २०२४ मा नेपालले टेस्ट टोलीसँग घरेलु मैदानमा सिरिज खेल्न नसक्नुको बारे धारणा ब्यक्त गरेका छन् । जसमा मुख्य कारण नेपालको भौतिक पुर्वाधार रहेको बताएका छन् ।

‘नयाँ कार्यसमिति आएको हामी भर्खर साढे तीन महिना जस्तो भयो । अहिले को अहिले टेस्ट टोली आउँछ आउँदैन भन्ने कुरामा एउटा हामीले ध्यान दिनुपर्ने यो पनि हो की हाम्रो जुन पुर्वाधार छ । त्यो पुर्वाधारसँगै टेस्ट टोलीको एक वर्ष १५ महिना अघिनै क्यालेन्डर पक्का हुने गर्दछ’, पारसले भने ।

पारसले २०२५ मा घरेलु मैदानमा टेस्ट टोली आउने आशा ब्यक्त गरे । ‘आशा गरौं, अहिले नै हामीले टेस्ट टोलीलाई प्रस्ताव गरेका छौं । २०२५ मा हामी टेस्ट टोलीसँग घरेलु मैदानमा खेल्न चाहन्छौं भनेर प्रस्ताव गरि सकेका छौं, उनले भने । पारसले सरकारले पुर्वाधारमा लगानी गर्नुपर्ने पनि बताए ।

‘यसक्रममा हामीले खेलकुद मन्त्री र राखेका सदस्य सचिवलाई यो भनेका छौं कि टियु मैदानमा अव अलिकति लगानी गर्दिन पर्यो । त्यो लगानी गरेको खण्डमा टेस्ट टोली नेपाल आउन कुनै समस्या होईन । प्रस्ताव कसरी गछौं र पुर्वाधारको चुनौती छ । भर्खर नयाँ समिति आएकोमा प्रयासमा छ । आशा गरौं २०२५ मा हुनसक्छ । वा यहिँ वर्षपनि कुनै टेस्ट टोली तयार हुन्छ भने त्यो ढोका पनि खुल्ला राखेका छौं । पत्रचार गरि नै राखेका छौं ।’

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.