default_image

7 months ago

January 4, 2024

अर्जुन ट्रफी क्यानको क्यालेन्डरमा समावेश

2080 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – गो ड्रिमर्सले आयोजनाको प्रस्ताव गरेको अर्जुन ट्रफी टी २० राष्ट्रिय क्रिकेट प्रतियोगितालाई नेपाल क्रिकेट संघ(क्यान)ले आफ्नो क्यालेन्डरमा समावेश गरेको छ । क्यानले बिहीबार सार्वजनिक गरेको क्यालेन्डरमा आगामी नोभेम्बररडिसेम्बरमा आयोजना हुने गरि अर्जुन ट्रफीलाई समावेश गरेको हो ।

गो ड्रिमर्सका अध्यक्ष सुवाश शाहीका अनुसार धनगढी क्रिकेट एकेडेमीका पूर्व प्रशिक्षक नेपाली क्रिकेटका धरोहर दिवंगत प्रशिक्षक अर्जुन खड्काको स्मृतिमा उक्त प्रतियोगिता आयोजनाको प्रस्ताव गरिएको थियो ।

यसअघि धनगढी प्रिमियर लिग(डीपीएल)जस्ता व्यवसायिक ठूला प्रतियोगिताहरु आयोजनाको अनुभव सम्हालिसकेका शाहीले अर्जुन ट्रफीले नेपाली क्रिकेटमा बेन्चमार्क सेट गर्ने बताए । प्रतियोगितामा सात प्रदेशका ७ क्लबहरुले राउण्ड रोबिनका आधारमा प्रतिस्पर्धा गर्नेछन् ।

‘अर्जुन दाईले नेपाली क्रिकेटमा निभाउनुभएको भूमिका अतुलनीय छ । उहाँले थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेटरहरु जन्माउनुभएको छ,’ शाहीले भने, ‘उहाँको योगदानको कदर गर्दै हामीले यो प्रतियोगिता आयोजनाको प्रस्ताव गरेका थियौं । हाम्रो प्रस्तावलाई स्वीकार गर्दै क्यालेन्डरमा समावेश गरिदिएकोमा क्यानलाई धन्यवाद दिन चाहान्छु । साथै सम्पूर्णलाई प्रतियोगितामा जोडिन आह्वान गर्दछु ।’

आफ्नो सम्पूर्ण जीवन नै क्रिकेटमा नै समर्पण गरेका खड्का सुदूर पश्चिमाञ्चल क्षेत्रकै क्रिकेटको सम्मानिय अभिभावक हुन् । उनको प्रशिक्षकत्वमा हुर्किएका भुवन कार्की, नरेश बुढाऐर, विनोद भण्डारी, प्रदिप ऐरी ,राजु रिजाल, सुनिल धमला, सोनु खड्का जस्ता थुप्रै खेलाडीहरुले नेपालको प्रतिनिधित्व गरिसकेका छन् ।

भारतको क्रिकेट नर्सरी मानिने मुम्बई शहरमा बाल्यकाल विताएका अर्जुन खड्काले त्यही क्रिकेट प्रशिक्षण गरेका थिए । पारिवारिक कारणले धनगढी आएपछि सुरुमा उहाँले स्थानीय कर्भडहलमा निःस्वार्थ रुपमा स्थानिय युवाहरुलाई प्रशिक्षण गराउँथे ।

पछि उनले २०७० सालमा धनगढी क्रिकेट एकेडेमीको स्थापना भएपछि मुख्य प्रशिक्षकको रुपमा काम गरे । उनको प्रशिक्षण तथा मेहेनतले धनगढी क्रिकेट एकेडेमी छोटो समयमै थुप्रै चर्चा तथा उपलब्धि हासिल गर्न सफल भएको थियो । २०७२ भदौमा उनको निधन भएको थियो ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.