default_image

7 months ago

January 5, 2024

आइसिसी सर्वोत्कृष्ट वर्ष खेलाडीको मनोनित सार्वजनिक

6733 views

0 Bookmark

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिस) ले २०२३ को सर्वोत्कृष्ट वर्ष खेलाडी २०२३ को मनोनित सार्वजनिक गरेको छ । आइसिसीले वार्षिक रुपमा प्रदान गर्ने सबैभन्दा ठूलो अवार्ड सर गारफिल्ड सोबर्स ट्रफीमा भारतका विराट कोहली, रविन्द्र जडेजा, अष्ट्रेलियाका कप्तान प्याट कमिन्स र आक्रामक ब्याटर ट्रविस हेड छन् ।


यस वर्ष हेडले ३१ खेलमा १६ सय ९८ रन बनाएका थिए । जसमा विश्वकपमा ५ सय ७० रन बनाएका थिए । ९ सय १९ टेस्ट रन थियो ।

विश्वकप सेमिफाइनलमा दक्षिण अफ्रकाविरुद्ध ६२ रन बनाउनुको साथै दुई विकेट लिएका थिए । फाइनलमा भारतलाई हराउन १ सय ३७ रनको शतकीय इनिङ खेलेका थिए । त्यस्तै विश्व टेस्ट च्याम्पियनसिप २०२३ को फाइनलमा भारतलाई हराउन उनले १ सय ६३ रनको शतकीय इनिङ खेलेका थिए ।

मनोनितमा भारतका विराट कोहली पनि छन् । उनले ३५ खेलमा २ हजार ४८ रन बनाएका थिए । विश्वकप २०२३ मा कोहलीले ११ खेलमा ३ मा शतक र ६ मा अर्धशतकसहित कुल ७ सय ६५ रन बनाएका थिए । सेमिफाइनलमा न्युजिल्यान्डविरुद्ध १ सय १७ रन बनाएका थिए ।

जडेजा पनि मनोनित भएका छन् । उनले यो वर्ष ३५ खेलमा ६६ विकेट लिनुको साथै ६ सय १३ रन बनाएका थिए ।
अष्ट्रेलियाका प्याट कमिन्स पनि मनोनितमा छन् ।

कमिन्सले २४ खेलमा ५९ विकेट लिनुको साथै ४ सय २२ रन बनाएका थिए । अष्ट्रेलियालाई विश्वकप उपाधि र टेस्ट च्याम्पियनसिपको ट्रफी जिताउन सानदार कप्तानी गरेका थिए । विश्वकपको फाइनलमा भारतविरुद्ध २ विकेट लिँदै ३४ रन दिएका थिए ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.