default_image

7 months ago

January 6, 2024

वार्नरको अन्तिम खेलमा अष्ट्रेलियाको सानदार जित, सिरिजमा क्लिनस्विप

1186 views

0 Bookmark

एजेन्सी – ओपनर डेविड वार्नरको टेस्ट करिअरको अन्तिम खेलमा अष्ट्रेलियाले पाकिस्तानलाई ८ विकेटले हराएको छ । तेस्रो टेस्टमा जित योसँगै तीन खेलको सिरिजमा अष्ट्रेलियाले क्लिनस्विप गरेको छ ।

जितको लागि १ सय ३० रनको सामान्य विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले २ विकेट गुमाउँदै चौथो दिन पहिलो सेसनमै पूरा गर्यो । अष्ट्रेलियाको जितमा मार्नस लाबुसेन ७३ बलमा ९ चौकासहित ६२ रनमा अविजित रहे ।

वार्नर ७५ बलमा ७ चौकासहित ५७ रनमा आउट भए । वार्नरले अव अष्ट्रेलिया टोलीबाट टि२० आई मात्रै खेल्नेछन् । उनले टेस्ट र ओडिआई दुबैबाट सन्न्यासको घोषणा गरि सकेका छन् ।

उनले १ सय ११ टेस्ट खेलमा २६ शतक र ३६ अर्धशतकसहित कुल ८ हजार ६ सय ९५ टेस्ट रन बनाए । जसमा उत्कृष्ट प्रदर्शन ३ सय ३५ अविजित थियो ।

पाकिस्तान दोस्रो इनिङमा १ सय १५ रनमा अल आउट भयो । पाकिस्तानका मोहम्मद रिजवान २८, बाबर आजम २३, सैब अयुब ३३ र आमिर जामल १८ रनमा आउट भए । अष्ट्रेलियाका जोश हेजलवुडले ४ र नाथन लायनले ३ विकेट लिए ।

अष्ट्रेलिया पहिलो इनिङमा २ सय ९९ रनमा अल आउट हुँदै १४ रनले पछि परेको थियो । मार्नस लाबुसेनले सर्वाधिक ६० रनको योगदान दिए । मिचेल मार्श ५४, एलेक्स केरी र स्टिभ स्मिथ ३८–३८ रनमा आउट भए ।

ओपनर डेविड वार्नर ३४ र उस्मान खवाजाले ४७ रन बनाएका थिए । पाकिस्तानका आमिर जामलले सर्वाधिक ६ विकेट लिएका थिए । अघा सलानले दुई, सजिद खान र मिर हाम्जाले १–१ विकेट लिए ।

त्यसअघि सिड्नीमा टस जितेर पहिला ब्याटिङ रोजेको पाकिस्तान पहिलो इनिङमा ३ सय १३ रनमा अल आउट भएको थियो । पाकिस्तानका मोहम्मद रिजवानले १ सय ३ बलमा १० चौका र २ छक्कासहित सर्वाधिक ८८ रन बनाएका थिए ।

नवौं नम्बरमा ब्याटिङमा आएका आमिर जामलले ९७ बलमा ९चौका र ४ छक्कासहित एक यादगार इनिङ खेलेका थिए । अन्तिम विकेटका लागि जामलले मिर हाम्जासँग ८६ रनको साझेदारी गरेका थिए । आमिरले सानदार अलराउन्ड प्रदर्शन गरेपनि जिताउन भने सकेनन् ।

हाम्जा ४३ बलमा ७ रनमा नट आउट रहे । अघा सलमान ६७ बलमा ८ चौकासहित ५३, बाबर आजम २६, शन मसुद ३५, साउद सकिल ५, ओपनर अब्दुल्लाह शफिक र सैम अयुबले खाता खोल्न सकेनन् ।

अष्ट्रेलियाका प्याट कमिन्सले सर्वाधिक ५ विकेट लिए । मिचेल स्टार्कले दुई, जोश हेजलवुड, नाथन लायन र मिचेल मार्शले १–१ विकेट लिएका थिए ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.