1 year ago
January 6, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली यू-१९ क्रिकेट टोलीका युवा तीव्र गतिका बलर हेमन्त धामी एक महिना मैदान बाहिर हुने भएका छन् । गत मंगलबार मुलपानी क्रिकेट मैदानमा अभ्यास खेलको क्रममा सोमपाल कामीले प्रहार गरेको सर्ट उनको खुट्टामा लागेपछि एक महिना मैदान बाहिर हुने भएका हुन् ।
जसको कारण उनले दुई सातापछि दक्षिण अफ्रिकामा हुने यू१९ विश्वकप गुमाउनेछन् । बलिङ गर्नेक्रममा सोमपालले लङअनतर्फ स्ट्रेट ड्राइभ सर्ट खेल्नेक्रममा उनको खुट्टामा लागेको थियो । त्यसपछि उनले विश्वकपमै गुमाउनु पर्ने भएको हो ।
‘८–९ दिन विश्राम गर्न भनेको छ । त्यसपछि फेरि हेर्छ । त्यसपछि फिजियो थेरापी र रियाब गर्छ । त्यो गरेर पनि ठिक भएन शल्यक्रिया पनि गर्नुपर्ने हुन्छ’, हेमन्तले हाम्रो खेलकुदसँग भने ।
सुदूरपश्चिमबाट घरेलु क्रिकेट खेली उनी इनस्वींगमा बलमा लगातार राम्रो प्रदर्शन गर्दै आएका थिए । आगामी दिनमा नेपाली क्रिकेटमा ठूलो सम्भावना बोकेका खेलाडी समेत हुन् ।
गत वर्ष फागुनमा आइसिसी यू-१९ विश्वकप एसिया क्षेत्र छनोटमा नेपाललाई विश्वकपमा पुर्याउनले उत्कृष्ट प्रदर्शन गरेका थिए । यू–१९ एसिया कपमा अघिल्लो महिना अफगानिस्तानविरुद्ध लगातार दुई विकेट लिएका थिए । उनी नहुँदा नेपालको तीव्र गतिको बलिङ आक्रामण केहि कमजोर बन्नसक्छ ।
June 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – पाँचपोखरी थाङपाल गाउँपालिका र सिन्धुपाल्चोक जिल्ला क्रिकेट संघको संयुक्त आयोजनामा जारी जिल्ला स्तरीय पाँचपोखरी टि२० क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा समूह ‘ए’ बाट पाँचपोखरी क्रिकेट क्लब र द माइटी साँगाचोक क्लब तथा समूह ‘बी’बाट मेलम्ची नगरपालिका र भोटेचौर स्पोर्टस क्लबले अन्तिम चारको यात्रा तय […]
June 14, 2025
एजेन्सी – दक्षिण अफ्रिकाले अस्ट्रेलियालाई ५ विकेटले पराजित गर्दै वर्ल्ड टेस्ट च्याम्पियनसिपको उपाधि जितेको छ। दक्षिण अफ्रिकाले लामो समयदेखि प्रतीक्षित अन्तर्राष्ट्रिय उपाधि जित्ने सपना पूरा गरेको छ। दक्षिण अफ्रिकाको सिनियर क्रिकेट टोलीले सन् १९९८ पछि पहिलो पटक आइसिसी उपाधि जितेको हो। दक्षिण अफ्रिकाले जितको लागि दोस्रो इनिङ्समा २ सय ८२ रनको लक्ष्य पाएको थियो। चौथो […]
June 14, 2025
सुर्खेत (हाम्रो खेलकुद)- मधेश प्रदेशले टिबी शाह स्मृति प्रथम यु १६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। वीरेन्द्रनगरको कालुंगचोक मैदानमा शनिवार भएको फाइनलमा बागमतीलाई ७ विकेटले हराउँदै मधेशले उपाधि जितेको हो। लिग चरणमा बागमतीले मधेशलाई हराएको थियो। १ सय १३ रन लक्ष्य पछ्याएको मधेशले १३.४ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गरेको थियो। ओपनर आयान […]