7 months ago
January 8, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले नयाँ जनरल म्यानेजर (महाप्रबन्धक) मा उत्सव ढुंगानालाई नियुक्त गरेको छ । कुल ६१ आवेदनबाट सर्ट लिष्ट गरि अन्तरवार्ता लिएर क्यानले उनलाई नियुक्त गरेको हो ।
६ महिना अघि तत्कालिन जनरल म्यानेजर वृतान्त खनालले राजीनामा दिएपछि उक्त पद रिक्त रहँदै आएको थियो ।
क्यानले उक्त पदका लागि दोस्रो पटक आवेदन माग गरेको थियो । पुराना ७ गरि कुल ६८ जनाले क्यानमा आवेदन दिएका थिए । जसमा सर्ट लिष्टमा १४ जना परेका थिए ।
अन्तरवार्तामा ७ जनालाई बोलाएको थियो । जसबाट ढुंगानालाई नियुक्त गरेको हो । यसअघिका दुई जनरल म्यानेजर वृतान्त खनाल र रौनक मल्ल काम गर्न नसकेर आलोचनामा परेका थिए । क्यानमा ठूला प्रायोजन भित्र्याउनु पर्ने ढुंगानाको मुख्य जिम्मेवारी हुनेछ ।
July 26, 2024
एजेन्सी – आयोजक श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]
July 26, 2024
एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो। ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]
July 26, 2024
एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो। टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]