default_image

2 years ago

January 9, 2024

ललितपुरलाई बागमती प्रदेश छनोटको उपाधि

461 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर जिल्लाले बागमती प्रदेश छनोटको फाइनलमा चितवन जिल्लालाई ५ विकेटले हराउँदै उपाधि जितेको छ । मंगलबार माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको चितवन ४५.२ ओभरमा १ सय ५२ रनमा अल आउट भयो ।

चितवनको लागि ओपनर रोशन झाले ४५ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ४९ रन बनाए । विकल कुमार गुप्ता २२, सुर्यांशु कोइराला १० र डानिस इकबालले २१ रन बनाए ।

ललितपुरका विपिन आचार्य र भगर्व खनालले समान तीन विकेट लिए । त्यस्तै पञ्कज पाण्डे, आयुश जैसवाल र आदिल खानले समान १-१ विकेट लिए ।

जितको लागि १ सय ५३ रनको सामान्य लक्ष्य ललितपुरले ३५.५ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । ललितपुरका आशुतोष घिरैयाले १ सय २ बलमा १२ चौकासहित सर्वाधिक ८३ रनमा नट आउट रहे । अन्य ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन् । चितवनका डानिस इकबालले सर्वाधिक दुई विकेट लिए ।

यसअघि सेमिफाइनल खेलमा चितवनले काठमाडौंलाई तथा ललितपुरले नुवाकोटलाई हराएको थियो । प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय प्रतियोगिता शनिबार देखी सुरु हुँदैछ । त्यसअघि सबै प्रदेश छनोट जारी छ ।

December 7, 2025

जनकपुरलाई कर्णालीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्ससामु १ सय ३० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २९. रनको योगफल तयार पारेको हो । कर्णालीका […]

December 7, 2025

जनकपुरविरुद्ध कर्णालीले पहिला ब्याटिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल सुपर लिग (एनपिएल) को दोस्रो सिजन अन्तर्गत लिग चरणको अन्तिम खेल आज कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच हुँदैछ। टस जितेर जनकपुरले फिल्डिङ रोजेको छ। अब कर्णालीले पहिला ब्याटिङ गर्नेछ। साविक विजेता रहेको जनकपुर छैटौं खेलको समाप्तिमा २ अंकका साथ अंक तालिकाको पुछारमा छ। समान २ अंक जोडेको कर्णाली सातौं स्थानमा छ। […]

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

Success

Thank you for your time.