1 year ago
January 10, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका अनुभवी ब्याटर शरद भेषावकर प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय प्रतियोगिताको लागि बागमती प्रदेशको टोलीमै स्थान बनाउन सकेनन् ।
बागमतीले युवा खेलाडीलाई प्राथमिकतामा राख्दै रितको टोलीका कप्तानीमा टोली घोषणा गर्दा शरद भेषावकर वैकल्पिक खेलाडीमा समेत अट्न सकेनन् । उनले महावीर क्लब हुँदै काठमाडौंबाट जिल्ला छनोट खेलेका थिए । बलिङमा केहि प्रभाव छाडेपनि उनले ब्याटिङमा भने अपेक्षा अनुसार प्रदर्शन गर्न सकेका थिएनन् ।
शरद नेपाल एपीएफ क्लबबाट पनि यसै सिजनदेखी बाहिर भएका थिए । पछिल्लो समय ढल्किदो उमेर र केहि खस्कदो ब्याटिङ प्रदर्शनका साथ शरदले टोलीमा स्थान बनाउन संघर्ष गर्नु परेको छ ।
शरदको कप्तानीमा एपीएफले २०२२ नोभेम्बरमा पिएमकपको फाइनलमा आर्मीलाई हराउँदै उपाधि जितेको थियो । शरदकै कप्तानीमा २०२१ को जनवरीमा भएको पिएमकप टि२० उपाधि पनि एपीएफले जितेको थियो । शरद घरेलु क्रिकेटका एक सफल कप्तान पनि मानिन्छन् ।
नेपालका मध्यक्रमका एक सफल ब्याटर शरद २०२२ फेब्रुअरीमा ओमान भ्रमणपछि नेपाली टोलीमा छैनन् । आइसिसी टि२० विश्वकप छनोट अन्तर्गत ओमान भ्रमणमा चार देश सम्मिलित टि२० आई सिरिज खेलेका थिए । विश्वकप छनोट टोलीमा पर्न नसकेपछि उनी बाहिरिएका थिए । त्यसपछि उनले नेपाली टोलीमा पुन स्थान बनाउन सकेका छैनन् । बन्द प्रशिक्षणबाट बाहिर हुँदै आएका छन् ।
बागमतीले शनिबार टियु क्रिकेट मैदानमा नेपाल पुलिस क्लबसँग खेल्दै सुरुवात गर्नेछ । पिएमकप राउन्ड रोविनको आधारमा हुनेछ । १० टोली सहभागी प्रतियोगितामा पहिलो पटक सबैले एक अर्कासँग खेल्नेछन् । पिएमकप टियु, मुलपानी र भैरहवामा हुनेछ ।
बागमतीको टोली :
रित गौतम (कप्तान), आशुतोष घिरैया, ईशान पाण्डे, रविन जोशी (विकेटकिपर), विवेक रानामगर, प्रतिक श्रेष्ठ, प्रतिश जि.सी, सूर्य तामाङ, कृर्जन गुरुङ, रिजन ढकाल, गौतम केसी, अशोक पौडेल, सोनु देवकोटा र विपिन आचार्य ।
वैकल्पिक : सन्देश कार्की, गौरभ खड्का, दीपेश श्रेष्ठ र कृष कार्की ।
प्रशिक्षक : कलाम अली
टेक्लिनकल एनालिष्ट : राजन शाह
January 24, 2025
काठमाडौं(हाम्रो खेलकुद) – कप्तान पूजा महतोको अलराउण्ड प्रदर्शनमा नेपालले मलेसियामा जारी आइसिसी यु १९ महिला विश्व कपमा घरेलु टोलीलाई हराएको छ । मलेसियालाई शुक्रवार ७ विकेटले हराउँदै नेपालले आइसिसी यु १९ महिला विश्व कपमा पहिलो जित हासिल गरेको हो । ४६ रनको लक्ष्य नेपालले ११ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा कप्तान […]
January 24, 2025
काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी आइसिसी यु १९ महिला विश्व कपमा नेपालविरुद्ध घरेलु टोली सस्तैमा समेटिएको छ । मलेसियामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोलीले १६.५ ओभरमा अल आउट हुदै ४५ रन मात्र जोड्न सक्यो । मलेसियाका लागि नुरिमानले सर्वाधिक १५ रन जोड्नु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन् । नेपालका […]
January 24, 2025
काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ क्लब अपराजित रहँदै कैलालीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । शुक्रवार भएको सुपर फोरको खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ६९ रनले पराजित गर्दै फाइनलमा पुगेको हो । समूह ए मा रहेको एपिएफले समूह चरणमा खेलेको सबै ४ तथा सुपर फोरको […]