1 year ago
January 10, 2024
काठमाडौं (हाम्रो खेलकुद) – पर्सा जिल्लाले मधेश प्रदेश छनोटको फाइनलमा बारालाई १५ रनले हराउँदै उपाधि जितेको छ । जितको लागि १ सय ३३ रनको लक्ष्य पछ्याएको बाराले २३ ओभरमा ६ विकेट गुमाउँदै १ सय १७ रन बनायो ।
बाराका निरज यादवले ५८ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ४७ रनमा नट आउट रहे । अनिल कुमार शाह १८ बलमा २ चौकासहित १४ रनमा आउट भए । साहिल पटेल २५ रनमा आउट भए । पर्साका सोनु शर्माले ५ ओभरमा २५ रन खर्चेर सर्वाधिक ३ विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको पर्साले २३ ओभरमा ९ विकेट गुमाउँदै १ सय ३२ रन बनाएको थियो । ओपनर शरफराज मानिउरी र हसिम अन्सारी २८-२८ रन बनाए । सैफवान अली १५ र रान्जन यादवले २१ रन बनाए । सोनु शर्माले १३ बलमा १ चौका र १ छक्कासहित महत्वपूर्ण १८ रन बनाउँदै प्लेयर अफ द म्याच अवार्ड समेत जिते ।
बाराका अनिल कुमार शाहले ५ ओभरमा १५ रन खर्चेर ५ विकेट लिएपनि टोलीलाई च्याम्पियन भने बनाउन सकेनन् । प्रतियोगितामा हरिशंकर शाह सर्वोत्कृष्ट खेलाडी चुनिए । उत्कृष्ट ब्याटर अरनिको यादव र बलर समसाह अन्सारी चुनिए ।
January 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाली युवा अलराउण्डर कुशल मल्ल सम्मिलित डेजर्ट भाइपर्सले अन्तर्राष्ट्रिय लिग (आईएल) टि ट्वान्टीमा लगातार चौथो जित हासिल गरेको छ । डेजर्टले शनिवार अबुधाबी नाइट राइडर्सलाई ५३ रनले पराजित गरेको छ । डेजर्टले चौथो खेलिसक्दा कुशलले डेब्युको अवसर पाएका छैनन् । १ सय ९४ रनको लक्ष्य पछ्याएको नाइट राइडर्सले १७.४ ओभरमा अल आउट […]
January 18, 2025
सुमन अधिकारी,बुटवल रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगितामा ‘ए’ डिभिजनका खेल सुरु भएका छन् । यसअघि गत मंसिरमा डिभिजन ‘बी’ का खेलह भएका थिए । नेपाल सुपर लिग(एनपिएल) का कारण त्यसबेला ‘बी’ डिभिजनका खेलहरु आयोजना गरिए पनि ‘ए’ डिभिजनका खेल पछि सरेको थियो । रुपन्देही क्रिकेट संघको आयोजनामा भैरवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा शनिवार सुरु भएको ‘ए’ डिभिजनको […]
January 18, 2025
काठमाडौं(हाम्रो खेलकुद) –लुम्बिनी प्रदेशले कैलालीमा जारी प्रधानमन्त्री कप महिला टि ट्वान्टी राष्ट्रिय प्रतियोगितामा कर्णाली प्रदेशलाई पराजित गरेको छ । शनिवारको दोस्रो खेलमा लुम्बिनीले कर्णालीलाई ७१ रनले हराएको हो । १ सय २७ रनको लक्ष्य पछ्याएको कर्णाली १३ ओभरको अन्तिम बलमा ५५ रन जोड्दै अल आउट भयो । कर्णालीका लागि रमा बुढाथोकीले सर्वाधिक २० रन जोड्नु […]